पाथीभरा क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी
आफूहरुले राखेका मागको उचित सुनुवाइ नभएको भन्दै सत्तारुढ दल निकट अनेरास्ववियुले बिहीबार ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको छ।
आफूहरुले राखेका मागको उचित सुनुवाइ नभएको भन्दै सत्तारुढ दल निकट अनेरास्ववियुले बिहीबार ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको छ।
जिल्लामा एक दर्जन बढी उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु छन्। पछिल्लो समय विद्यार्थीहरुको भने सरकारी शिक्षण संस्थामा आकर्षण देखिएको छ।
जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले साेमबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
आर्थिक अनियमितताको आरोपसहित नेपाल विद्यार्थी संघले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ।
विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ।
चलचित्र अध्ययनका लागि नेपालमा नयाँ क्याम्पस स्थापना भएको छ। चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि आइतबारबाट ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो।
भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्।
पाटन संयुक्त क्याम्पसले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाएको छ। क्याम्पसमा ७ हजार विद्यार्थी अध्ययनरत छन्। मानविकी, व्यवस्थापन र विज्ञान संकायमा गरी चार सय शिक्षक कर्मचारी कार्यरत रहेको क्याम्पस प्रमुख योगेन्द्र साहले बताए।
सामुदायिक क्याम्पसले सुविधासम्पन्न ठूलो लगानीमा खुलेका निजी क्षेत्रका क्याम्पसहरूसँग प्रतिस्पर्धा गर्नुपरेको छ। खस्किँदो गुणस्तर उकास्न र तल्लोस्तरको राजनीतिबाट मुक्त बनाउन एवं परीक्षामा राम्रो नतिजा ल्याउनु सामुदायिक क्याम्पसका मुख्य चुनौती हुन्।
जिल्लाको नुनथलामा स्थापित प्रदेश स्तरीय महुरेगढी प्राविधिक शिक्षालयअन्तर्गग डिप्लोमा तहमा थप दुई विषय इन्फर्मेसन टेक्नोलोजी र प्लान्ट साइन्सको पढाइ हुने भएको छ। सिटिइभिटिको आंगिक क्याम्पसका रूपमा २०७५ सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा सो शिक्षालय स्थापना गरिएको थियो।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विज्ञ टोलीले मकवानपुर क्याम्पसलाई पनि प्रदेश विश्वविद्यालय बनाउन सिफारिस गरेको खुलासा गरे।
निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विश्वविद्यालय नै ठप्प पारेर विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए। गत वर्षको साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धन दिने निर्णय खारेज गरेको थियो।
एनसेल प्राइभेट लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)मा विभिन्न पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान दिएको छ।
बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा चौथो संस्करणको फ्रेन्डसिप कप सेभेन ए साईड फुटबल जारी छ। फ्रेन्डसिप युथ क्लबद्धारा आयोजित प्रतियोगितामा बिहीबार सेमिफाईनल समिकरणका लागी भएको एउटा खेलमा ५५ गोल गरेका छन्।
दुर्गम क्षेत्रका विद्यार्थीलाई ध्यानमा राखी सिँजा गाउँपालिका–१ स्थित सिँजा बहुमखी क्याम्पसको स्थापना भएको दशक बित्यो। तर सो क्याम्पस निकै जीर्ण बनेको छ।स्थानीय विष्णु आचार्य क्याम्पस आएको अनुभूति नभएको बताउँछन्। उनले भने, ‘क्याम्पस कसरी चलिरहेको छ रु कसले चलाएको छ रु भन्ने विषयमा समेत जानकार छैनौं। अहिलेसम्म क्याम्पसमा विद्यार्थी देखेका छैनौं। प्राध्यापक नियमित बसेको सुनेका छैनौं। क्याम्पसमा भर्ना लिइन्छ, अध्यापन गरिँदैन।’