६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

प्राविधिक शिक्षालयमा दुई विषय थपिने

खोटाङ – जिल्लाको नुनथलामा स्थापित प्रदेश स्तरीय महुरेगढी प्राविधिक शिक्षालयअन्तर्गग डिप्लोमा तहमा थप दुई विषय इन्फर्मेसन टेक्नोलोजी र प्लान्ट साइन्सको पढाइ हुने भएको छ। सिटिइभिटिको आंगिक क्याम्पसका रूपमा २०७५ सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा सो शिक्षालय स्थापना गरिएको थियो।

प्रिन्सिपल भानु पौडेलले प्राविधिक शिक्षाका विषयमा शिक्षालयले ती विषय थप गर्ने तयारीबारे जानकारी दिएका हुन्। २०७५ मंसिर ९ गतेदेखि ४० जनाको कोटा भएको डिप्लोमा इन फरेस्ट्रीको कक्षा सञ्चालन हुँदै आएको सो प्राविधिक शिक्षालयमा ४८ जनाको कोटा भएको डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी र ४० जनाको कोटा भएको डिप्लोमा इन प्लान्ट साइन्स विषय पनि पढाइ हुने जानकारी दिइएको छ।

  • डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजीको अवधि तीन वर्षको हुनेछ। सातवटै प्रदेशमा एक–एक वटा नमुना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकारको आर्थिक वर्ष २०७३÷७४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नुनथलामा प्रदेश नम्बर १ मा प्राविधिक शिक्षालय स्थापना गरिएको हो। डिप्लोमा इन फरेस्ट्रीको ४० जनाको कोटामा खोटाङ, उदयपुर, जुम्ला, मुगुलगायतका विद्यार्थी भर्ना भएका छन्।

प्रकाशित: १२ श्रावण २०७६ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App