४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘मिटर ब्याजी’ प्रदेशीको पोलिग्राफ टेस्ट

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेस्ट (सत्यता परीक्षण) गराएको छ । रौतहटको चन्द्रनिगाहपुर लगी कलवारलाई पोलिग्राफ टेस्ट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । ‘अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले सत्यतथ्य पत्ता लगाउन पोलिग्राफ टेस्टको प्रयोग गरेका हौं,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘अभियुक्तले आरोप इन्कार गरे थप अनुसन्धानमा पोलिग्राफ टेस्टको ठूलो भूमिका हुन्छ ।’

दलालबाट पीडितले पाए करिब साढे १५ हजार फिर्ता

वैदेसिक रोजगारीका सिलसिलामा सन् २००९ मा दुबईको अजमानस्थित एजे सेक्यूरिटी कन्सल्ट्यान्सीमा काम गर्न पुगेका तामाङले ९ वर्षसम्म काम गरेपछि कम्पनी परिवर्तन गर्नेक्रममा गिरीले ठगी गरेका हुन्।

वैदेशिक रोजगार ठगी मुद्दामा जेल चलान

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार व्यक्तिलाई जेल चलान गरिएको छ।

वैदेशिक राेजगारीका पीडाः आकर्षक रोजगार दिलाउने लोभमा यसरी ठगिए

दुबई (यूएई)मा कार्यरत दलालले आकर्षक तलबका लागि रोजगार दिलाउने प्रलोभन देखाएर खोटाङका एक युवालाई ठगि गरेका छन्। आकर्षक तलबका लागि राम्रो कम्पनीमा काम दिलाउने बाहनामा स्याङ्जाका सुर्यप्रकाश गिरीले केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका पहलमान तामाङलाई ठगि गरेका हुन्।

जग्गा दिने प्रलोभनमा ठगी

तुलबहादुर बस्याललाई पाँच जनाको परिवार पाल्न दैनिक मजदूरी गर्नुपर्छ। काम नपाइएको दिन उनको घरमा चुल्हो बल्दैन्।

धनगढीमा मिटर ब्याजीको जालो

‘ठगी गर्ने मान्छेहरुलाई राजनीतिक र शक्तिमा रहेकाको संरक्षण हुनाले डरलाग्दो गरी मिटर ब्याजी धन्दा मौलाएको छ।’

मन्त्रालयदेखि गभर्नरसम्मका छाप बनाएर ठग्ने गिरोह पक्राउ

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राज्यलाई नै चुनौती दिनेगरी एक गिरोहले अहिलेसम्मकै ठूलो मात्रामा ठगी गरिएको खुलासा भएको छ।

ठगीको आरोपमा ‘श्याम परदेशी’ पक्राउ

ठगीको आरोपमा श्याम परदेशी भन्ने ७६ बर्षीय श्यामकृष्ण साह कलवार आइतबार साँझ पक्राउ परेका छन्।

नौ करोड ठगी: तीन सय परिवार विस्थापित

पीडितमध्ये विष्णुदेवी चौधरीले भनिन्, ‘मैले तीन वर्षअघि १ लाख मात्र ऋण लिएकी हुँ तर ५ लाखको कागज गराएको रहेछ। त्यतिले नपुगेर १४ वर्षीय छोरा हेम चौधरीका नाममा २० लाखको कागज बनाएर आदलतमा मुद्दा हालिएको छ।

नेपाली कामदार ठगीमा मलेसियामा उपप्रधानमन्त्री माथि छानबिन हुने, हाम्रोमा अनुसन्धान नै नहुने?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले नेपाली कामदार ठग्ने उच्च पदस्थ कर्मचारी र तिनलाई संरक्षण गर्ने राजनीतिक पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

तुर्किस्तान पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पटक–पटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहे पनि घटना घट्ने क्रम भने रोकिएको छैन।

जागिर लगाई दिने प्रलोभनमा ४५ लाख ठगी, नेकपाका नगरअध्यक्ष बर्खास्त

सरकारी जागिर लगाई दिने प्रलोभनमा एक दर्जन ब्यक्तिबाट ४५ लाख ३० हजार ठगी गरेको आरोप लागेपछि सत्तारुढ नेकपाका बाणगंगा नगरपालिकाका अध्यक्ष बिश्वबहादुर कार्कीलाई पदबाट हटराइएको छ।

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

बालगृहका नाममा ठगी

बालबालिकासम्बन्धी ऐन, २०७५ मा जबर्जस्ती अनाथ घोषणा गर्ने वा अनाथको रूपमा दर्ता गराउने, कानुनबमोजिम बाहेक बालगृहमा राख्नेलाई ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्ष कैद सजायको व्यवस्था छ। बालगृहको नाममा ठगीधन्दा मौलाउँदै गएकाले अनुगमन प्रभावकारी बनाउन जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्