४ मंसिर २०८१ मंगलबार
image/svg+xml

अस्पताललाई करोड दान

नारायणगढकी गौरी प्रधानको छालामा ३७ वर्षअघि अनौठो रोग देखियो। त्यो बढ्दै गएर टाउकाको रौंमा पनि असर गर्न थाल्यो। प्रधानलाई उपचारका लागि पैसाको खाँचो थिएन तर जहाँ गएर उपचार गर्दा पनि कम भएन।

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ।

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

नयाँ दिल्ली— भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ।

पाकिस्तान अस्पतालमा विस्फोट ४० को मृत्यु

दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

अस्पतालमै लडेर सात महिनादेखि अचेत

पेट दुखेपछि रामेछाप, बेतालीका २३ वर्षीय विमल कार्की गत माघमा टिचिङ अस्पताल पुगे। केही दिन उपचारपछि घर फर्कन पाइने आशा थियो उनलाई। तर, सात महिना नाघ्यो, उनी अझै अस्पतालमै छन्, त्यो पनि अचेत अवस्थामा।

अनशनरत नेविसंघ नेता भेट्न देउवा अस्पतालमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोडल अस्पताल पुगेर आमरण अनसन बसिरहेका नेविसंघ नेताहरु गणेश सापकोटा र नेविसंघ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुंगेलसँग भेट गरेका छन्।

अनसनकारी सिकिस्त भएपछि अस्पताल भर्ना

नेपाल विद्यार्थीसँगका फर्जी प्रतिनिधि सच्याएर विधिवत महाधिवेशन गर्न माग गर्दै आठदिनदेखि आमरण अनसनमा बसेका नेविसंघका दुई नेता गणेश सापकोटा र रत्नहरि ढुंगेलको अवस्था चिन्ताजनक भएपछि मोडल अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको छ। उनीहरु दुवैजनालाई पार्टी कार्यालय सानेपाबाट मोडल अस्पताल ल्याएर इमर्जेन्सिमा भर्ना गरिएको हो।

अस्पतालको फोहोरबाट बायोग्यास

चितवन– सरकारी अस्पतालमा फोहर व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । असरल्ल हुने फोहरबाट आउने दुर्गन्धले बिरामीसमेत हैरान भएका हुन्छन् । तर चितवनको जेठो सरकारी अस्पताल भरतपुर अस्पतालले ‘बायोग्यास प्लान्ट’ राखेर फोहर तह लगाउने उपाय निकालेको छ । यसबाट फोहर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा पनि प्राप्त भएको छ ।

अब दुई ठाउँ वीर अस्पताल

सरकारले नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ। स्थापनाको १ सय २७ वर्षपछि सरकारले अस्पतालको सेवा विस्तार गर्दै भक्तपुरमा पनि विशेषज्ञ सेवा दिनेगरी अस्पताल निर्माण गर्ने भएको हो।

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

काठमाडौं– सरकारले भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा क्षेत्रफलमा वीरअस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

कर्णाली अस्पताललाई डेढ करोडको जग्गा दान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई स्थानीयले झण्डै डेढ करोड रुपैयाँ बरावरको जग्गा दान गरेका छन्। प्रतिष्ठानको मेडिकल कलेज स्थापनासँगै भवन निर्माणको लागि जग्गा दान गरिएको हो।

अस्पताल शौचालयमा नवजात शिशु

राजधानीको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को शौचालयमा नवजात शिशु फेला परेको छ। अवधि पुगेर जन्मिएको शिशुलाई आवश्यक उपचारपछि एक परिवारको जिम्मा लगाइएको अस्पताल प्रशासनले जनाएको छ।

टिचिङ अस्पतालमा 'आतंकको छाया'

पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचार सेवा दिन अनुमति पाउँ भन्दै त्रिवि शिक्षण अस्पताल, महाराजगन्जले काठमाडौं जिल्ला प्रशासनसँग अनुमति मागेको छ।

डा. केसी आफ्नै अस्पतालमा पराइ

साँघुरो कोठाको अधिकांश भाग कबाडीबाट ल्याइएका 'बेड'ले ढाकिएको छ। थोरै बचेको ठाउँमा भेट्न आएका र नजिकका सहयोगी बस्न एउटा कुर्सी छ, दुइटा चकटी भुइँमा ओछ्याइएको छ। खुट्टातिर एउटा टेबल फ्यान छ।

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई एअर एम्बुलेन्सबाट बाहिर उपचार गर्न लैजानसक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्