४ मंसिर २०८१ मंगलबार
image/svg+xml

शशांकको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

पाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यस्थिति बुझ्न प्रधामन्त्री केपी ओली ओम अस्पताल पुगेका छन्। ओम अस्पताल पुगेका प्रधानमन्त्रीले कोइरालाको स्वास्थ्य स्थिति बारे जानकारी दिएका थिए।

अस्पतालकाे लापरवाहीले विरामी मृत्यु

सामान्य सवारी दुर्घटनामा बाँया हातको जोइण्ट फुत्किएर वेष्र्टन हस्पिटल नेपालगन्जमा उपचारका क्रममा चिकित्सकको गम्भीर लापरवाहीले विरामीको मृत्यु भएको छ। हड्डी सम्बन्धी उपचार हुने हस्पिटलमा बाँया हात काँधको जोइण्टको दुई नशा काटिँदा अत्याधिक रक्तश्रावबाट कोहलपुर निवासी दत्तबहादुर विकको मृत्यु भएको हो।

अस्पतालबाटै बच्चा गायव!

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट बच्चा चोरी भएको छ। दाङ, तुलसीपुर नगरपालिका– ९ निवासी ५ वर्षीय बालक सिर्जन ओली शनिबार दिउँसो अस्पतालभित्रबाट अचानक गायव भएका थिए।

विष सेवनबाट श्रीमतीको मृत्यु श्रीमान् अस्पतालमा

डडेल्धुरा—डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ। छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ।

जाजरकोट अस्पतालको प्रसुती भवन ५ वर्षदेखि अलपत्र

१५ शैय्याबाट भर्खरै ५० शैय्यामा स्तर वृृद्धि गरिएको जाजरकोट अस्प्तालको प्रसुती गृहको भवन ५ वर्षदेखि अलपत्र बनेको छ। निर्माणको जिम्मा लिएका ठेकेदार को चरम लापरवाही र गैरजिम्मेवारीका कारण निर्माणाधीन भवन अलपत्र परेको हो।

प्रतिष्ठित अस्पतालमै नक्कली प्रमाणपत्रधारी

प्रहरीले दुई दिनमा देशभरबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी ३६ चिकित्सक पक्रेको छ। प्रहरीको अपरेसन 'क्वाक' अन्तर्गत यी चिकित्सक पक्राउ परेका हुन्। छत्तीस चिकित्सकमध्ये अधिकांश विभिन्न रोगका विशेषज्ञ र सरकारी तथा निजी नाम चलेका अस्पतालमा लामो समयदेखि कार्यरत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्