३ मंसिर २०८१ सोमबार
image/svg+xml

चिकित्सक र अस्पतालविरुद्ध दर्जनौं मुद्दा

क्षतिपूर्ति समितिमा पुगेका मुद्दा पनि निर्णय प्रक्रियामा हुने ढिलाइका कारण वर्षौ सचिवलायमै थन्किन्छन् । निर्णय प्रक्रिया ढिला र लामो भएकै कारण कतिपय वादी पक्ष नै बीचैमा सम्पर्कमा नआउने गरेको अभिलेखमा देखिन्छ । पाँच वर्षको अवधिमा दर्ता भएका १८ वटा मुद्दामध्ये एकमा क्षतिपूर्ति निर्णय भएको छ ।

कर्मचारी आन्दोलनले कर्णाली अस्पतालका सेवा ठप्प

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । उनीहरूले तह मिलानको लागि पटक पटक सम्झाउँदा समेत सिनेटको बैठकमा प्रस्ताव लिन कन्ज्युस्याई गरेको भन्दै अस्पताल पदाधीकारीलाई आक्रोश पोखेका हुन्। कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन । भने प्रशासन कक्षबाट हुने सबै सेवा ठप्प छन्।

डा.उपेन्द्र महतो लगानीको मेडिसिटी अस्पताल सञ्चालनमा

अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल सञ्चालनमा आएको छ। डा.उपेन्द्र महतोले लगानी गरेको सो अस्पताल गैरआवासीय नेपाली दिवस अवसर पारेर बुधबार उद्घाटन गरिएको हो।

अस्पताल र चिकित्सकविरुद्ध ११ करोड क्षतिपूर्तिको माग

चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले नर्भिक अस्पताल तथा चार चिकित्सकविरुद्ध क्षतिपूर्ति मुद्दा दायर गरेको छ । गत भदौ १३ मा काठमाडौं मैतीदेवीकी १६ महिने बालिका भिक्टोरिया आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

भरतपुर क्यान्सर अस्पतालका चिकित्सक सो अस्पतालको समय बाहेक भरतपुरका चौबिस कोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन जान्छन् । ती अस्पतालमा क्यान्सर अस्पतालका चिकित्सकहरूको लगानी पनि रहने गरेको छ ।

चिकित्सकको आन्दोलनका कारण अस्पताल र क्लिनिक बन्द, बिरामीको बिजोग

चिकित्सकहरुको आन्दोलनले गर्दा सबै अस्पताल, निजी क्लिनिक, नर्सिङहोम बन्द भएपछि वीरगन्जमा सयौं बिरामीहरु बिच्चलीमा परेका छन्।

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ।

स्पेनी होटेलको खानाले नौ बालबालिका अस्पताल भर्ना

विद्यालयबाट भ्रमणमा स्पेन पुगेका नौ जना बालबालिकाले स्पेनी एक होटेलमा खाना खाएका कारण विरामी परेपछि स्थानीय एक अस्पतालमा भर्ना भएका छन्।

जाजरकाेट अस्पतालमा  २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया सुरु

१५ सैयाबाट  ५० सैयामा स्तरवृद्धि भएको  २ वर्षपछि जाजरकोट अस्पतालमा पहिलो पटक २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया विशेषज्ञ सेवा  सुरु भएको छ।

अाेम अस्पतालको लापरवाही, शल्यक्रियापछि महिलाको मृत्यु

राजधानीको ओम अस्पतालमा तीन दिनअघि पिनासको शल्यक्रिया गरिएकी महिलाको मृत्यु भएको छ । बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको शल्यक्रिया गरेको चौथो दिन मृत्यु भएको हो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधवार दिनभर अस्पताल हातमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले अस्पताल सामान्य तोडफोड गरेका छन् भने प्रदर्शनका कारण अस्पताल दिनभर तनावग्रस्त बन्यो ।

कर्मचारी आन्दोलनले चरिकोट अस्पतालको सेवा अवरुद्ध

अस्पताल व्यवस्थापनले जोखिम भत्ता कटौती गरेको भन्दै दोलखाको सदरमुकामस्थित प्रस्तावित चरिकोट अस्पतालका एक्स–रे  प्रयोगशाला सम्वद्ध कर्मचारीले बुधबारबाट सेवा अवरुद्ध पारेका छन्।

ठक्कर दिने मोटरसाईकल पहिचान नहुँदा अस्पतालमा शब

ठक्कर दिने मोटरसाईकललाई प्रहरीले पहिचान गर्न नसकेको भन्दै मृतकका आफन्तले शब बुझ्न मानेका छैनन्।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा अस्पतालमा अक्सीजन अभाव

साता अघिदेखि कर्णाली राजमार्गमा सुख्खा पहिरो गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सीजन अभाव भएको छ ।

जीवन बचाउन अस्पतालको बेडबाट सहयोगको याचना

चितवन माडीका लेखनाथ चालिसेले उपचारको लागि सहयोगको याचना गरेका छन्। एन्सेफ्लाईटीसबाट पीडित उनी यतिबेला महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्।

सरकारी अस्पतालमा एक महिनामा ४९ बालबालिकाको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ। एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्