२ मंसिर २०८१ आइतबार
image/svg+xml

आमालाई छोडेर हिँडे नूरप्रसाद

प्रहरीले आमा भेटाइदिएका नूरप्रसाद तीन दिनपछि वीर अस्पतालबाट फर्केका छन् । प्रहरीले गंगामायाको छोरा भेट्ने ईच्छाअनुसार भेटाउन सहयोग गरेको जनाएको छ।

अस्पतालमा विरामीको मृत्यु भएपछि यातायात बन्द

मृगौलामा पत्थरीको उपचार गर्न रुकुमको चौरजहारी स्थित चौरजहारी अस्पतालमा पुगेकि  भेरी नगरपालिका  १३ कि कुदुकी यसोधा मल्ल आरसीको  मृत्यु भएपछि क्षतिपुर्तिको माग गर्दै आफन्तले यातायात बन्द गरेका छन्। उनीहरुले डाक्टरलाई कारवाहीको माग समेत गरेका छन्।

प्रधानसेनापतिले गरे त्रिचन्द्र मिलिटरी अस्पतालको उद्घाटन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भ गरेका छन्।

गण्डकी प्रदेश सरकारले हजार शय्याको अस्पताल बनाउने

गण्डकी प्रदेश सरकारले एक हजार शड्ढयाको सुविधासम्पन्न पाँचवटा विशिष्टीकृत (स्पेसलाइज्ड) रोगको उपचार गर्ने अस्पताल निर्माणको योजना अघि बढाएको छ ।

वीर अस्पताल रंगाएर कहाँ हराए धुर्मुस ?

हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) वीर अस्पताल सफाइ र रंगरोगन सकेर बिनाखबर बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनका शुभचिन्तकहरु आश्चर्यमा परेका छन् ।उनले आफूले अस्तपालको रंगरोगनको काम सकेपछि अस्पताललाई औपचारिक रुपमा हस्तान्तरण गरेनन् नै । न उनी अस्पतालको १ सय २९ औं वार्षिकउत्सवमा देखिए । न त वार्षिकोत्सव कार्यक्रममा उनको कामको चर्चा नै भयो ।

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ।

ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी

संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो।

जनशक्ति र भौतिक संरचनाको अभाव खेप्दै जिल्ला अस्पताल

जिल्ला अस्पताल रोल्पामा जनशक्तिसँगै भौतिक पूर्वाधारको समेत अभाव हुँदा समेत सम्बन्धित पक्षको ध्यान जान सकेको छैन।

त्रिवि शिक्षण अस्पतालमा विद्यार्थी र प्रहरीको घम्साघम्सी (फोटो/ भिडियाे)

डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।

उपचार गराउन ऋण काढेर अस्पताल

रुकुमकी १४ वर्षीया मंजिता रोक्का यतिखेर त्रिवि शिक्षण अस्पतालको बर्न वार्डमा छिन् । उनलाई गाउँदेखि माथि खावाङ जाँदा बाटोमा करेन्ट लाग्यो, जसका कारण पेट र हातमा गम्भीर चोट लागेको छ।

नेपालगञ्जमा खुल्याे ५० शैय्याकाे सैनिक अस्पताल

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गरेका छन्।

महालक्ष्मीका ग्राहकलाई मेडिसिटी अस्पतालमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग एक सम्झौता गरेको छ।

अस्पतालमा स्क्रब टाइफस संक्रमणका बिरामी भर्ना

तीन दिनअघि धादिङ बेनीघाटकी १७ वर्षीया सीता हटुवाल महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुन आइन् । दुई हप्ता दिनदेखि उनी बिरामी पर्न थालेकी थिइन्।

त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्।

शिक्षण अस्पतालमा डा. केसी (हेर्नुस् तस्बिरहरु)

चिकित्सा शिक्षा विधेयकको विरोधमा जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। उनलाई विहीबार साँझ सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। सुरुमा उनलाई वीर अस्पताल लगिएको थियो। त्यहाँ बस्न नमानेपछि सेनाकै एम्बुलेन्समा शिक्षण अस्पताल लगिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्