२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

आमालाई छोडेर हिँडे नूरप्रसाद

काठमाडौं – प्रहरीले आमा भेटाइदिएका नूरप्रसाद तीन दिनपछि वीर अस्पतालबाट फर्केका छन् । प्रहरीले गंगामायाको छोरा भेट्ने ईच्छाअनुसार भेटाउन सहयोग गरेको जनाएको छ । नुरप्रसादले भने आफूलाई प्रहरीले आश्चर्यजनक रुपमा नियन्त्रणम लिएको बताएका थिए।

गोर्खा फुजेलकी ५८ वर्षीया गंगामाया अधिकारी विगत ६ वर्षदेखि वीर अस्पतालमा अनशनरत छिन् । छोराको न्यायको लागि सँगै अनशन बसेका पतिको चार वर्षअघि वीर अस्पतालमै मृत्यु भएपछि उनी दुवैको न्यायको लागि अनशनरत थिइन्।

गत जेठ १५ गते पुनः अनशन बसेपछि सरकारले पूर्व प्रतिबद्धता कार्यान्वयन गर्ने सहमति गंगामायासँग गरेको थियो । सोही क्रममा आफ्नो छोरा नभएकाले पतिको दाहसंस्कार गर्नसक्ने अवस्था नभएको बताएपछि सरकारले नूरप्रसाद खोज्न सहयोग गरेको जनाएको थियो । मंगलबार प्रहरीले सानेपाबाट नियन्त्रणमा लिई गंगामाया बसेको स्थानमा पुर्याएको थियो।

‘जानेबेला भित्तामा टाँसेको बुवाको फोटो हेरेर रोयो,’ उनले भनिन्, ‘फेरि आउँछु नआत्तिनु भन्दै गयो ।’ आफ्नो छोराहरु असल भए पनि न्यायको लागि पटकपटक मरिरहनु परेको बताइन्।

मंगलबार वीर अस्पताल नूरप्रसादलाई भेट्न पुगेका मानवअधिकारवादी नेताहरु चरण प्रसाइँ, कनकमणी दीक्षित, सुवोध प्याकुरेल, अधिवक्ता वावुराम गिरीलगायत पुगेका थिए । करिब तीन घण्टा गंगामाया र नूरप्रसादसँग बिताएका उनीहरुले दुवैलाई सरकारको न्यायिक प्रक्रियामा सहयोग पुर्याउन सम्झाई बुझाइ गरेको मानवअधिकरवादी चरण प्रसाईंले नागरिकसँग भने । उनीहरुका आग्रहमा नूरप्रसादले सोचेर मात्र निर्णय लिने बताएको प्रसाईंले बताए।

मंगलबार नागरिकसँगको भेटमा नूरप्रसादले भाईको हत्याको बारेमा न्याय खोज्दा उल्टै राज्यले पिताको हत्या गरेको आरोप लगाए । गंगामाया र छोरा नुर प्रसादले पटक–पटक भाई र पिता मारिदिने दुवैलाई कडा सजायँको व्यवस्था नभएसम्म न्याय पाएको अनुभूति हुन नसक्ने अडान लिएका छन् । उनीहरुको अनुसार घटनाका आरोपी रुद्रप्रसाद आचार्यलाई नेपाल झिकाउने, मुख्य दोषी गोर्खाका छविलाल पौडेलसहित अन्य ४ जना आरोपितलाई सजायको व्यवस्था हुनुपर्ने जनाए।

प्रकाशित: २३ श्रावण २०७५ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App