२६ पुस २०८१ शुक्रबार
image/svg+xml

सुख्खा बन्दरगाह विवाद उत्कर्षमा

काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाहमा सरकार र स्थानीय जनताबीच विवाद चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गरेसँगै सरकार र स्थानीयबीचको विवाद उत्कर्षमा पुगेको हो।

सुख्खा बन्दरगाहको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिकास्थित चोभारमा बिहीबार (आज) सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन्। साविक हिमाल सिमेन्ट कारखानाले चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो।

माघको दोस्रो हप्तादेखि सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने

चीन सरकारले रसुवागढी नाकामा निर्माण गर्न लागेको सुक्खा बन्दरगाह निर्माणको काम माघको दोस्रो हप्तादेखि सुरु हुने भएको छ।  गत असोजबाट निर्माण कार्य सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको हो। बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर ठेकेदार छनोटको काम सकिएको छ। माघको दोस्रो सातासम्ममा निर्माणको काम सुरु भइसक्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

एक महिनामा दुई सय कन्टेनर बढी आए

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै रेल मार्गबाट सुक्खा बन्दरगाहमा आउने कन्टेरको संख्या बढ्दो छ। विदेशबाट मालसामान बोकर आउने कन्टेनरको संख्या बढेसँगै कन्टेनरबन्द मालसामानको आयात र यहाँस्थित भन्सार कार्यालयको राजस्व असुली समेत बढेको छ।

सुक्खा बन्दरगाहमा थन्कियो ५० हजार टन फलाम

पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा फलामको जाम बढेको छ। ढुवानी साधनमा लगाइएको वजन सीमाका कारण त्यहाँबाट बाहिरिने परिमाण घटेपछि सुक्खा बन्दरगाहको हाताभित्र भारतबाट रेलमार्ग हुँदै आयात गरिएको करिब ५० हजार टन फलाम थन्किएको छ।

कीर्तिपुरलाई सुक्खा बन्दरगाह होइन, पर्यटकीय नगर बनाउन माग

काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह निर्माणमा स्थानीयले अवरोध गरेका छन् । कीर्तिपुर पर्यटकीय नगर भएकाले त्यसको विकास गर्नुको सट्टा विभिन्न संरचना बनाउने कार्य स्वीकार्य नहुने स्थानीयको माग छ।

सुक्खा बन्दरगाह भन्सारको राजश्व लक्ष्य नाघ्दै

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वीरगन्ज, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले राजश्व असुलीको लक्ष्यलाई नाघेको छ।

भारतीय बन्दरगाहमा भन्सार प्रक्रियाको झन्झट हट्यो

भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (इसिटिएस) लागू भएको छ।

नेपालले अब चिनियाँ बन्दरगाह प्रयाेग गर्न पाउने, ताेडियाे भारतमाथिकाे निर्भरता

भूपरिवेष्टित मुलुक भएपनि नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको छ। नेपाल र चीनबीच सन २०१६मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो।

सुक्खा बन्दरगाह सुधारको योजना अलपत्र

‘डिजाइन’मा भएको प्राविधिक गडबडीका कारण पुरा क्षमतामा प्रयोग हुन नसकेको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा सुधार गर्ने योजना अलपत्र परेको छ।

रसुवामा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण गरिने

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण कार्य सुरु गरिने भएको छ। चीन सरकारले निर्माण गर्न लागेको बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।

कोलकता बन्दरगाहमा हटेन ‘कन्जेसन’

सोमबारसम्म कोलकता बन्दरगाहमा त्यहाँबाट नेपालको लागि ‘फरर्वार्ड’ (चलान) भइसकेको ६ सय ५० कन्टेनर पालो पर्खेर बसेका छन्। कोलकतास्थित भारतीय बन्दरगाहमा नेपाली कन्टेनरहरु ‘कन्जेसन’अर्थात मालवाहक ‘कन्टेनर’हरुको जाम निरन्तर दोहोरिँदै छ। तेस्रो मुलुकसंगको आयात व्यापारका लागि नेपालले प्रयोग गर्ने प्रमुख बन्दरगाह हो यो।

सुक्खा बन्दरगाह निर्माणमा जोड

नेपाल र चीनबीचको व्यापारिक नाकामा सुक्खा बन्दरगाह निर्माण छिटो सक्ने सहमतिसहित आठौं नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक सम्पन्न भएको छ ।

धनुषाको कुर्थामा वैकल्पिक सुक्खा बन्दरगाहको सम्भावना

वीरगन्जस्थित सुक्खा बन्दरगाहको संरचनाले अबको बढ्दो आयातलाई धान्न नसक्ने देखिएपछि धनुषाको कुर्थामा नयाँ सुक्खा बन्दरगाह बनाउने विषय अगाडि बढाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्