३ मंसिर २०८१ सोमबार
image/svg+xml

बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु

सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्धारा सञ्चालित सीआइएनले बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले सय दिनमा रेडियोमार्फत वाल विवाह अन्त्यका लागि १० हजार व्यक्तिको प्रतिबद्धता र बिचार प्रस्तुत गरिने जानकारी दिए।

इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले

जिल्लाको धुनीबेसीस्थित इँट्टा उद्योगमा काम गरिरहेका महोत्तरीका पाल्दिङ तामाङले तीन छोराछोरीलाई विद्यालय भर्ना गरिदिएका छन्। विद्यालय भर्ना अभियानअन्र्तगत उनले आफ्ना दुई छोरी र एक छोरालाई नजिकै रहेको महेशधर्म उच्च माध्यमिक विद्यालयमा भर्ना गराएका हुन्।

पोखरा सफाइ अभियानमा पहारी

प्रदेश नम्बर ४ का युवा सांसद एवं युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजिव पहारीले सरसफाई अभियानको सुरुवात गरेका छन्।

महिलामैत्री शौचालय निर्माण अभियान सुरु गराैं : मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले सार्वजनिक शौचालयलाई महिलामैत्री बनाउन अभियान सुरु गर्नुपर्ने बताएकी छन्।

बाख्रा र कुखुरालाई बचाउन खोप अभियान

जिल्लामा बाख्रा र कुखुरालाई रोग लाग्नबाट बचाउन खोप आभियान सुरु गरिएको छ । बाख्रालाई पिपिआर र कुखुरालाई रानीखेतविरुद्धको खोप लगाउन सुरु गरिएको हो । सम्भावित महामारी फैलिनबाट बच्न खोप अभियान सञ्चालन गरिएको हो।

‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व’ अभियान

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि खोटाङमा ‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व’ अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियान सुरु

देशमा राजनीतिक अस्थिरता अन्त्य भएसँगै सरोकारवालाले विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियानको शुभारम्भ गरेका छन्।

विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री अाेली सिराहामा

विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिराहा गएका छन्। २०७२ मा भएकाे मधेस अान्दाेलन पश्चात् प्रधानमन्त्री अाेली पहिलाेपटक मधेस गएका हुन्।

मातृमृत्यु घटाउन विशेष अभियान

स्वास्थ्य मन्त्रालयले मातृमृत्युदर घटाउने विशेष कार्यक्रम अन्र्तगत वर्षभरि विशेष अभियान सञ्चालन गर्ने भएको छ। पाँचौ सुरक्षित मातृत्व दिवसको अवसर पारेर मन्त्रालयले वर्षभरि विविध कार्यक्रमका साथ अभियान चलाउने निर्णय गरेको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललले बताइन्।

शोकमा शिक्षा अभियानलाई सघाउँदै मदकृष्ण

पत्नी बियोगको शोकमा छन कलाकार मदनकृष्ण श्रेष्ठ अहिले । जीवनका हरेक मोडमा साथ दिदै आएकी पत्नी यशोदा सुवेदी श्रेष्ठलाई उनले दुइ साता अघि गुमाएका थिए । क्यान्सर रोग कारण यशोदाको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । पीता मदककृष्णको आखाबाट औलाएको छैन।

जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आइतबारदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ।

देशभर विद्यार्थी भर्ना अभियान शुरु

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ।

सिन्डिकेटविरुद्धको स्तुत्य अभियान

सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउने अभियान थालेको छ। मुलुकका कुनै पनि रुटमा स्वतन्त्र रूपमा कसैले पनि गाडी चलाउन पाउने अवस्था छैन। विभिन्न नाममा यातायात समिति गठन गरेर उनीहरू आफैँले रुट परमिट दिने गरेका छन्।

संघीय मन्त्रालयले विद्यालय भर्ना अभियान सञ्चालन गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रालयले स्थानीय तहलाई आगामी शैक्षिक सत्रका लागि विद्यार्थी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।

खुल्ला दिसामुक्त अभियान ‘नौटंकी’

समाजिक अभियन्ता राजकुमार महतोले समाजिक सञ्जालमा स्ट्याटस सहित पोष्ट गरेको फोटो (चुलो टसाएर गाडिएको चर्पीको प्यान) भाईरल बन्यो। सप्तरी राजबिराजका रुनाई सदायलाई (मुसहर) सरकारी, गैरसरकारी निकायले चुलो टसाएर चर्पी बनाउन लगाए। सुरक्षाकर्मीले चुलो नजिक बसेर भान्सा नै बिथोल्न थलेपछि उनी चुलोसँगै टसाएर चर्पीको प्यान गाड्न बाध्य भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्