८ आश्विन २०८१ मंगलबार
image/svg+xml

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान

निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको उनले बताए। मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरू दाङ आउने क्रम जारी रहेको कुँवरले जानकारी दिए। यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो।

लुम्बिनी प्रदेश : राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी पूरा

माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्दा राष्ट्रियसभा सदस्य पद गुमाएका खडकालाई एमालेले उम्मेदवार बनाएको हो। तर उनलाई एमालेकै माधव नेपाल समूहले मत नदिने बताइएको छ। लुम्बिनीमा पनि बाग्मतीमा जस्तै फ्लोर क्रस हुने दाबी विपक्षी गठबन्धनको छ।

स्वास्थ्यकर्मी पिट्नेलाई कडा कारबाही गर्न काँग्रेस संसदीय दलको माग

री अस्पतालमा संक्रमितकै उपचारमा खटिएका चिकित्सक नर्सहरुमाथि राजनीतिक पार्टीकै जिम्मेवार व्यक्तिबाट हातपात हुनु निर्लज्ज र निन्दनीय भएको नेता कनौडीयाले बताएका छन्।

लुम्बिनी गुरुयोजनाको काम छिट्टै पूरा हुने

लुम्बिनीका बिहार र गुम्बाहरुमा रहेका महायानी, बज्रयानी, थेरवादीलगायत ७ वटै बौद्ध सम्प्रदायका भिक्षु तथा लामाहरुले परित्राण पाठ गरेका थिए।

आज बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कोषले जनाएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध निर्वाचन आयोगमा काँग्रेसको उजुरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली काँग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ। मुख्यमन्त्री पोखरेलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल'को पक्षमा मत मागेपछि कारबाहीको माग गर्दै काँग्रेसले आयोगमा उजुरी दर्ता गराएको हो।

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध चार दल सर्वोच्च जाने

प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको आज बसेको संयुक्त बैठकले संविधानको मर्म र भावनाविपरित पोखरेलको नियुक्ती भएकाले सर्वोच्च अदालतमा रिट निवेदन दिने निर्णय गरेका हुन्।

लुम्बिनी प्रदेशमा राष्ट्रिसभा उपनिर्वाचन : ह्विप नतोडिए गठबन्धनको पल्लाभारी

राष्ट्रियसभा सदस्यको पदमा एमालेका चन्द्रबहादुर खड्का दोहोरिन खोज्दा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डेले उपल्लो सदनमा ‘अपग्रेड’ हुन खोजिरहेका छन् । खड्का आँफू कारबाही हुँदा रिक्त रहेको पदमा पुनः दोहोरिन खोज्दै छन् भने लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका पाण्डेले आँफूलाई राष्ट्रिसभा सदस्यमा पुर्याउन चुनावी लडाईँ लड्दै छन् ।

लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्।

लुम्बिनी प्रदेश: राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि पाण्डे र खड्काको उम्मेदवारी

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ।

जोखिममा बिरामी, सरकार रमिते

तीन तहका सरकार रमिते बनेपछि उपचारमा खटिनुपर्ने चिकित्सक नै अक्सिजन जुटाउन दगुर्नु परेको चिकित्सक बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानाको कोभिड विशेष अस्पतालका लागि अहिले दैनिक ६ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ।

लुम्बिनी प्रदेश : बिपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्रीको राजीनामा

चारै दलका प्रमुख सचेतक तथा सचेतकहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन माग गरेका छन् ।

उपचारको पर्खाइमा नागरिकको मुत्युवरण, सत्ताको दाउपेचमा प्रदेश सरकार

लक्षणसहितका संक्रमितको संख्या बढेसँगै प्रदेशको अस्थायी मुकाम बुटवलमै संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडक पेटीमै मृत्युवरण गरिरहेका छन्। तर प्रदेश सरकार भने सत्ता र शक्तिको नांगो नाच देखाइरहेको छ। जनताले उपचार नपाएर ज्यान गुमाइरहँदा मुख्यमन्त्री शंकर पोखरेल आफ्नो कुर्सी जोगाउन आफ्नै पार्टीका असन्तुष्ट सांसदहरूलाई मन्त्री पद उपहार दिएर फकाउनमै व्यस्त छन्। सत्ता र शक्तिको दाउपेचमा मुख्यमन्त्री पाखेरेलले दुईदिनमा २ जना स्वास्थ्य मन्त्री फेरेका छन्।

आफ्नैबाट हेपिँदै 'शंकर' : अर्का सांसदले पनि छोडे साथ

अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्