१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

परेली आयुर्वेद हाउसमा शिलबन्दी

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटस्थित परेली आयुर्वेद हाउसमा शिलबन्दी गरेको छ।

किचलोमै बित्यो देउवा कार्यकाल

सुशिल कोइरालाका पालामा पार्टीचिभित्र भागवण्डाका लागि शेरबहादर देउवाले अख्तियार गरेको बैठक बहिस्कारलगायत गलत संस्कारको फेरोलाई अलिे रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले समातेको छ। यसले गर्दा पार्टी सुदृढीकरण अभियानमा बाधा पुगेको छ।

भीमेश्वरको शिलामा पसिना

प्राचीन सहर दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा बिहीबार पसिना आएको छ। भीमेश्वरको शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट हुने सूचकका रूपमा हेरिने जनविश्वास भएकाले राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने र सरकारका तर्फबाट बलि पूजा पठाउने चलन छ।

दोलखाको भिमेश्वर शिलामा पसिना, दर्शन गर्नेको भिड(फाेटाे फिचरसहित)

दोलखाको प्रसिद्द मन्दिर भिमेश्वर शिलामा पसिना आएको छ। बिहीबार बिहान साढे ६ बजेबाट सिलामा एक घण्टासम्म लगातार पसिना आएको हो।

तिलोत्तमामा राष्ट्रपति रनिङशिल्ङ्ग प्रतियोगिता सुरु

तिलोत्तमा नगरपालिकामा आइतबारदेखि राष्ट्रपति रनिङशिल्ङ्ग छनौट प्रतियोगिता सुरु भएको छ। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको नगरस्तरीय प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३७ विद्यालयहरुले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले बताए।

चोरिएको शिलालेख बरामद

जुम्लाको सिँजा गाउँपालिकाबाट चोरी भएको शिलालेख प्रहरीले बरामद गरेको छ। गत पुस २८ गते चोरी भएको शिलालेख सिँजा गाउँपालिका ६ जोडु गाउँका मनबीर बुढाको घरबाट बरामद गरिएको हो।

औषधि व्यवस्था विभागद्वारा महोत्तरीका तिन औषधि पसलमा शिलबन्दी

औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा सञ्चालित तिन वटा औषधि पसलमा शनिबार शिलबन्दी गरेको छ।

पूर्वप्रधानन्यायाधीशको ‘कारा’ माथि अन्तरसंवाद

पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले लेखेको उपन्यास ‘कारा’ माथि शनिबार अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले उपन्यासमाथि टिप्पणी गरेका थिए।

१२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत् आयोजनाको शिलान्यास

१२० मेगावाट क्षमताको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उक्त आयोजनाको बिहीबार शिलान्यास गरिएको हो।

शिलान्यासको ६ महिनापछि पुलको काम सुरु

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुलको काम शिलान्यास भएको ६ महिनापछि सुरु गरिएको छ।

शिलान्यासको अढाई वर्ष हुँदासमेत सुरु भएन पुलको काम

२०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको उदयपुर र खोटाङ तथा उदयपुर र भोजपुर जोड्ने सुनकोसीका २ वटा मोटरेवल पक्की पुलको निर्माण कार्य झण्डै अढाई वर्ष बित्न लाग्दासम्म केही भएको छैन।

गैडहवा शैक्षिक महोत्सव सुरु

गैडहवा गाउँपालिकामा दोश्रो गैडहवा शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

औषधि पसलमा शिलबन्दी

लागुऔषाधि बाहेकका अन्य औषाधिहरुको खाली बट्टाहरु मात्रै राखिएको पाइएपछि भक्तपुरको एउटा औषधि पसल बन्द गरी सिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा औषाधिहरु अनुगमनका क्रममा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा अवस्थित भैरब फार्मेसीको नाममा दर्ता भएको औषाधि पसल बन्द गरिएको जनाइएको छ।

हलेसीमा करोडको धर्मशाला शिलान्यास

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त धर्मशाला शिलान्यास गरिएको छ। किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा नेपाल आयल निगमको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमबाट धर्मशाला शिलान्यास गरिएको हो।

बाँध र विद्युतगृहको शिलान्यास

सुरुङमार्ग निर्माण सम्पन्न भएको सात महिनापछि राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो प्याकेजअन्तर्गत बाँध (ड्याम) र विद्युत्गृह (पावरहाउस) शिलान्यास गरिएको छ। भेरीगंगा नगरपालिकाको चिप्लेमा सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बाँध र विद्युत्गृहको शिलान्यास गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्