२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

तिलोत्तमामा राष्ट्रपति रनिङशिल्ङ्ग प्रतियोगिता सुरु

बुटवल- तिलोत्तमा नगरपालिकामा आइतबारदेखि राष्ट्रपति रनिङशिल्ङ्ग छनौट प्रतियोगिता सुरु भएको छ। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको नगरस्तरीय प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३७ विद्यालयहरुले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले बताए।

तिलोत्तमा-१ को चपरहट्टीस्थित सिद्धार्थ खेलमैदानमा आइतबार नगरप्रमुख बाशुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गरे। खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको नगर प्रमुख घिमिरेले बताए। खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गदै उनले तिलोत्तमाका सबै खेलमैदानलाई स्तरोन्नती गरिने पनि बताए। खेलकुदले मानिसमा अनुशासनको विकास गराउने भएकोले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा नगरप्रमुख घिमिरेले जोड दिए।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी प्रतियोगिता आयोजना गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए।

प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ वटा इभेन्ट हुनेछ। एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु रहेको समितिका सदस्य दीपक खनालले बताए। ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, शटफुटलगायतका प्रतियोगिताहरु हुनेछन्।

भलिबल, कबड्डी लगायतका प्रतियोगिताहरु पनि हुने समितिका सदस्य सचिव शारदा भट्टराईले बताए। कार्यक्रम उद्घाटनको अवसरमा विद्यार्थीहरुले खेलकुद तथा गीतसंगित र नृत्यका विभिन्न कला प्रस्तुत गरेका थिए।

प्रकाशित: २६ माघ २०७६ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App