१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml

सुनकोसी मरिण डाइभर्सनको बाँध निर्माणमा नयाँ ठेक्का लगाउने तयारी

राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण लगायतका संरचना निर्माणका लागि पुनः ठेक्का सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।

निकुञ्जबाट बस्तीमा हात्ती : मरघटिया र वैशाखा शिविरमा जनधनको क्षति

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

अलराउन्डर जर्ज लिन्डेको उत्कृष्ट प्रदर्शन

अलराउन्डर जर्ज लिन्डेको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकाले आइसिसी टी ट्वान्टी विश्वकपको सुपर आठको अन्तिम खेलमा जिम्बाब्वेलाई पाँच विकेटले हराएको छ।

मध्यपूर्व तनाव : विश्व बजारमा तेलको मूल्य बढ्यो

शनिबार बिहान भएको आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी, सेना प्रमुख अब्दुल रहीम मौसावी र रक्षामन्त्री मेजर जनरल अजिज नासिरजादेह मारिएको बताइएको छ।

स्कर्टिङ सकेर फर्किँदै गरेको प्रहरी मोबाइल गाडीमा तेल ट्याङ्करको ठक्कर, चार जना घाइते

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार गएराति चितवनमा प्रहरीको मोबाइल गाडी दुर्घटनामा पर्दा चार जना प्रहरी घाइते भएका छन्।

इरानको राजधानी तेहरानमा विस्फोट, इन्टरनेट सेवा पनि बन्द

उनले तेहरानका सडकहरूमा सुरक्षा बलको उपस्थिति देखिन थालेको तर धेरैजसो ठाउँहरूमा सडकहरू खाली रहेको पनि बताए।

घोषणापत्रमा पानी, सरसफाइ र स्वच्छता

सुरक्षित पिउने पानी र सरसफाइमा पहुँच दोस्रो दर्जाको विकास लक्ष्य होइन। यो संवैधानिक अधिकार हो।

हाम्रो संस्कृति संसारकै अनुकरणीय : अध्यक्ष दाहाल

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन्।

मध्यपूर्व तनाव : तीन अमेरिकी सैनिक मारिएपछि बदला लिने ट्रम्पको चेतावनी

सोमबार बिहान लेबनानी लडाकू समूह हिजबुल्लाहले सीमापार मिसाइल प्रहार गरेपछि इजरायलले बेरुतमा पनि धेरै आक्रमण गरेको छ।

सिंहदरबार जलाउने पनि चुनावी मैदानमा

जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउन हिँडेकाहरू नै अहिले उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्।

संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फ वर्तमान पुस्ता क्रियाशील रहनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा मनाइने विविध चाडपर्व, भाषा, वेशभूषा, संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फको यात्रालाई अघि बढाउनु वर्तमान पुस्ताको दायित्व भएको बताएका छन्।

कूटनीतिक अनुभव भएका अर्जुन कार्की संखुवासभामा बलियो दाबेदार

तीन दशकभन्दा बढी समय सामाजिक अभियन्ता, शिक्षक र शान्ति अभियानकर्मीका रूपमा सक्रिय रहँदै आएका कार्कीको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई अनुभव र दृष्टिकोणको बहसतर्फ मोडेको छ।

साम केरले जिताइन् अस्ट्रेलियालाई सफलता

एएफसी महिला एसियन कपको उद्घाटन खेलमा अस्ट्रेलियाकी स्टार खेलाडी साम केरले पुनः उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो देशलाई राम्रो सुरुआत दिलाएकी छन्।

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

महिला भने मौलिक वेष भूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाट गरेर तोरन्ह मनाउँछन्। थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता सुरु भएको छ।

भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

नेपाल सरकारको आग्रहअनुसार आगामी निर्वाचनको तयारीलाई सघाउन उक्त सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ। पर्साका प्रजिअ दाहालले समयमै निर्वाचनसम्बन्धी सामग्री हस्तान्तरण गरेकामा भारत सरकारप्रति आभार व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्