७ पुस २०८१ आइतबार
image/svg+xml

भोलिदेखि सुरू हुने श्रीस्वस्थानी व्रतकाे तयारी पूरा

शुक्रबारदेखि सुरु हुने एक महिने श्रीस्वस्थानी व्रतकथाका लागि आवश्यक सम्पूर्ण तयारी भक्तपुरमा पूरा भएको जनाएको छ। प्रत्येक वर्ष काठमाडौंको साँंखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुन्छ। यो एक महिनासम्म यहाँं पनि साँंखुमा जस्तै व्रत बस्ने महिला पुरुषहरु भेला गरी नित्य कर्म हुने गर्दछ।

जो नेपाली नोट र स्वस्थानी ब्रतकथाका डिजाइनर थिए

कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउाथे। नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो।

शाली नदीमा स्वस्थानी ब्रतको साङ्गे

कीर्तिपुरकी पवित्रा पन्थी स्वस्थानी ब्रतको अन्तिम दिन मंगलबार साँखुको साली नदीमा पूजा गर्दैथिइन्। मेला लागेपछि पनि उनी त्यहाँ गएकी थिइन्। उनले ब्रतको अन्तिम दिन भएकोले नुहाउन र पूजा गर्न आएको सुनाइन्। ‘मेला लागेपछि पनि आएको थिएँ। आज ब्रतको अन्तिम दिन फेरि पनि देवीदेवतालाई पूजा गर्न र नुहाउन आएको हुँ’, उनले भनिन्, ‘साता अघिको मेलाभन्दा आज धेरै रमाइलो भयो।

व्रतमा एक महिना गुडुल्की

भक्तपुरका एक हुल व्रतालु पुरुष एक महिनासम्म दैनिक गुडुल्किएका छन् । नांगो खुट्टामा लुगा फुकालेर धोती मात्र लगाई उनीहरू बिहानबिहान दैनिक गुडुल्किएर फरकफरक देवस्थलमा पुगेका हुन् । एक महिने श्री स्वस्थानी व्रतका क्रममा भक्तपुरको हनुमानघाटमा हुने माधव नारायण व्रतमा भाग लिएका उनीहरूले परम्परा अनुसार गुडुल्किएरै उनीहरूले सोमबार भक्तपुर नगर परिक्रमा गरेका छन् । यसो गर्दा इच्छाएको कुरा पूरा हुने विश्वाससमा उनीहरू यस्तो कार्यमा सहभागी भएका हुन् ।

स्वस्थानी स्पष्टीकरण

१७ जनवरी २०१९ को दिनदेखि सामाजिक सञ्जालमा इसाई समुदायबाट पैसा लिई श्रीस्वस्थानी व्रतकथाद्वारा इसाई धर्मको प्रचार गरेको भनी ममाथि आक्षेप लगाई एउटा अभियान चलाइएको थियो। अब म पुस्तकमा दिइएका नयाँ टिप्पणीहरूको केही अंश यहाँ प्रस्तुत गर्छु:

साँखुमा स्वस्थानीको रौनक

मोरङ सुन्दरहरैंचाकी संगीता बुढाथोकी (३५) स्वस्थानी व्रत बस्न पोर्चुगलबाट नेपाल आएकी छन्। यो व्रत बस्दा घरपरिवारमा शान्ति मिल्ने र मनोकांक्षा पूरा हुने विश्वास उनलाई छ।

आजदेखि श्रीस्वस्थानी व्रत सुरु

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आजदेखि (सोमबार) सुरु भएकाे छ।

एक महिने स्वस्थानी व्रत समापन (फोटो फिचर)

पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन्।

स्वस्थानीका ब्रतालु पनौतीमा (फोटो फिचर)

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिमा स्नान गरेका छन्।

स्वस्थानीका ब्रतालु बागमतीमा(फोटो फिचर)

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज पशुपतिस्थित बागमति नदीमा स्नान गरेका छन् । एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले आज बागमतीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन्।

आजबाट स्वस्थानी व्रत सुरु, यस्तो छ विधि

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।

स्वस्थानी व्रत समापन

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा शुक्रबार पूजाआजा गरी समापन गरिएकाे छ।

पुरानो स्वस्थानी पुस्तकको पूजामात्रै

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत र कथा वाचनको अन्तिम साता सालीनदीमा भक्तजनको घुइँचो बढेको छ। शनिबार मात्रै तीन लाख व्रतालुले माधवनारायण मन्दिर दर्शन गरेको साँखुस्थित श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ।

यस्ताे रह्याे– श्री स्वस्थानी व्रत अारम्भ

विगत वर्षहरू झैं यस वर्ष पनि पाैषशुक्ल पूर्णिमा(बिहीबार)देखि श्री स्वस्थानी व्रतकथा शुरू भएकाे छ। काठमाडाैंकाे उत्तरी भेगमा रहेकाे साँखुस्थित सालीनदीमा बिहीबारदेखि २०३ जनाले स्वस्थानी व्रत अारम्भ गरेका छन्।

श्री स्वस्थानी ब्रत अारम्भ, सालीनदीमा २०३ जना व्रतमा

उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित सालीनदीमा ५०० वर्ष पुरानो श्री स्वस्थानी व्रत कथा एवम् माधवनारायण मेला सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्