२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सीडीओ साप! मदिरा नियन्त्रण गरिदिनुपर्‍यो

‘लोग्ने मान्छे दिनभरी भट्टी बस्छन्, घरमा आएर श्रीमती कुट्छन्’ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल समक्ष दुधा भण्डारीले भनिन्, ‘यहाँको सबैभन्दा ठूलो सत्रु रक्सी हो, यसलाई नियन्त्रण गरिदिनुभयो भने हाम्रा लागि तपाई भगवान हुनुहुने छ।’ दुधाको यो भनाई सिंगो तरंगाको प्रतिनिधि आवाज हो।

धुलो नियन्त्रणको माग गर्दै जनप्रतिनिधि नै आन्दोलित

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडक खण्डमा उड्ने धुलोका कारण सर्वसाधारणलाई श्वास लिन पनि समस्या देखिन थालेपछि धुलो नियन्त्रणका लागि जलेश्वर नगरपालिकाको वडा नं. २ का  जनप्रतिनिधिले आन्दोलन सुरु गरेका छन्।

विश्वराज पोखरेल डिआइजीमा सिफारिस

काभ्रेमा गत कात्तिक १० गते भएको दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधनपछि उक्त खालि स्थानमा गृह मन्त्रालयको बढुवा समितिले बिहीबार पोखरेललाई सिफारिस गरेको हो।

सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्नुहुँदैन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्।

देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ।

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

आयतित औलोका बिरामी बढ्दै

निवारणमा चुनौती मानिएको औलो रोग (मलेरिया) स्थानीय भन्दा आयतित बढी भएको तथ्यांक पाइएको छ। नेपाल सरकार राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत आर्थिक वर्षमा पत्ता लागेका ११ सय ८७ जना मध्ये ६ सय ३० जना विदेशबाट आउने छन्। अघिल्लो आर्थिक वर्षमा ११ सय २८ जना मध्येमा ६ सय ३६ जना आयतित छन्। तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षदेखि यता आयतित औलो रोग बढी देखिन थालेको हो। चालू आर्थिक वर्षको ९ महिनाभित्र ८ सय २० जना औलोका बिरामी पाइएको तथ्यांक छ। यसको विस्तारित तथ्यांक नआइपुगेको महाशाखाले जनाएको छ।

अखाद्य वस्तु बिक्री रोक्न घुम्ती प्रयोगशाला

बजारमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तुको बिक्री वितरण बढेपछि त्यसलाई रोक्न सरकारले घुम्ती प्रयोगशाला (ल्याब)सहित अनुगमन सुरु गरेको छ । गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्नेलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशालासहित अनुमगन थालेको हो।

सिन्धुलीमा जुनारको कीरा मार्न किसानलाई प्रोटिन बेट वितरण

जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम प्रभावकारी देखिएको छ। गत वर्ष यहाँको गोलञ्जोर गाँउपालिका ४ तिनकन्यामा नमुनाको रुपमा करिब ८ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको नमुना परीक्षणनै प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरी कीरा नियन्त्रण गरिने भएको छ।

दुई एक्जाभेटर नियन्त्रणमा

रौतहट प्रहरीले दुई वटा एक्जाभेटर नियन्त्रणमा लिएको छ। अवैध रुपमा चुरे क्षेत्रमा उत्खनन गरिरहेको दुई एक्जाभेटरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। चन्द्रपुर नगरपालिकाके गैडाटार क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको ठाउँमा अवैध रुपमा उत्खनन गरिरहेको एक्जाभेटरलाई रौतहट प्रहरीले नियन्त्रणमा लिँदै कारबाही अगाडि बढाएको हो।

मदिरा नियन्त्रणको नयाँ उपाय : भाँडावर्तन दिएवापत नगद दिँदै स्थानीय तह

सुर्खेतका दुई वटा स्थानीय तहले घरेलु मदिरा नियन्त्रणका लागि नयाँ जुक्ति लगाएका छन्। पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले घरेलु मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन स्थानीय तह वा प्रहरीलाई बुझाएमा खरिद मूल्य अनुसारको नगद तथा आयमूलक काममा अनुदान दिने नीति ल्याएका छन्।

नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको बताएका छन्।

अपराध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान

अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीलाई सहयोग गर्ने नागरिकलाई सम्मान गर्न सुरु गरेको छ। प्रहरीले हरेक महिना एक जना नागरिकलाई अपराध नियन्त्रण, शान्ति सुरक्षा र अमनचयन कायम गर्न जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने मध्ये एक जनालाई सम्मान गर्न थालेको हो।

सार्वजनिक स्थलमा सूर्तिजन्य सामग्रीको प्रयोगमा नियन्त्रण कहिले ?

नेपाल सरकारले सार्वजनिक स्थलमा कोहि कसैले धूमपान गर्न नपाइने, सार्वजनिक स्थलको १ सय मीटर भित्र सूर्तिजन्य पदार्थको बिक्री गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले यस्ता सामग्री किनबेच गर्न नपाउने लगायतका नियन्त्रण र नियमन गर्न ऐन ल्याएको पनि ७ वर्ष बितिसकेको छ । यस अभियानलाई पूर्णता दिन काठमाडौँ महानगरपालिकाले पनि नियन्त्रण र नियमन गर्न होस्टेमा हैसेका साथ अगाडी बढेको थियो तर अझै पनि व्याबहारिक रुपमा कार्यान्वयनमा भने आउन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्