४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

विश्वराज पोखरेल डिआइजीमा सिफारिस

काठमाडाैं - लागू औषध नियन्त्रण ब्युरोमा रहेका एसएसपी विश्वराज पोखरेल डिआइजीमा सिफारिस भएका छन्।

काभ्रेमा गत कात्तिक १० गते भएको दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधनपछि उक्त खालि स्थानमा गृह मन्त्रालयको बढुवा समितिले बिहीबार पोखरेललाई सिफारिस गरेको हो।

२०४९ चैतको ब्याचबाट डिआइजीमा सिफारिस हुने पोखरेल एक्ला हुन्। आफ्नो ब्याचबाट एकमात्र डिआइजी बनेपछि उनी एआइजीका पनि दाबे‍दार बन्ने भएका छन्। उनी काठमाडौँ प्रहरीमा प्रमुख रहिसकेका छन्।

प्रकाशित: १९ वैशाख २०७६ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App