२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बजार क्षेत्रमा महानगरपालिकाले पार्किङ्गस्थल बनाउँदै

पोखरा महानगरपालिकाले बजार क्षेत्रभित्रै भिन्दैपार्किङ्गस्थल बनाउने भएको छ। सडकमै सवारी पार्किङ्ग गराएर सर्वसाधारणसँग शुल्क उठाँउदै आएको महानगरपालिकाले व्यस्त बजार क्षेत्रको सार्वजनिक जग्गा आफू मातहत आएपछि त्यही जग्गामा सवारी पार्किङीस्थल बनाउने योजना सहित काम सुरु गरेको छ।

पोखरा महानगरलाई ‘ल्याण्डफिल साइट’ को सकस

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि मुख्य बाधक मानिएका मुख्य दुईमध्ये रिठ्ठेपानी डाँडा कटानको समस्या समाधान हुने भएको छ। तर, अर्काे बाधक मानिएको ल्याण्डफिल साइटको समस्या भने झनै जटिल बन्दै गएको छ। किनकी ल्याण्डफिल साइट नसारेसम्म विमानस्थल संचालनमा ल्याउन नसकिने प्राविधिकहरुले बताईरहेका छन्। तर, ल्याण्डफिल साइट सार्ने काममा निरन्तर अवरोध खडा भईरहेको छ।

पोखरा स्पोर्टस् अवार्डमा टेनिसको ह्याट्रिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ मा प्रदीप खड्का र अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणाले अवार्ड जितेका हुन्।

पोखरा स्पोर्टस् अवार्डः को होला सर्वाेत्कृष्ट खेलाडी?

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना हुँदैछ। विश्व खेलकुद दिवसको अवसर पारेर मञ्चले छैठौं पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्न लागेको आयोजक खेलकुद पत्रकार मञ्चले बताएको छ। विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ।

विपद्को तयारी सुस्त

गत शुक्रबार राति पोखरा महानगरपालिका–२५, हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी र खहरेटारीका बस्ती डुबानमा परे। यसअघि कहिल्यै डुबानमा नपरेको त्यो बस्तीमा यो पटक भेल पस्यो।

हिलोमा बिदेशीको लडिबुडी (तस्बिरसहित)

‘पोखरा सबै मौसमका लागि’ भन्दै आयोजना हुने रोपाँइ महोत्सव यो पटक पोखरा–२५ हेम्जामा आयोजना गरिएको छ। पोखरामा हरेक वर्ष फरक फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। हेम्जाको महोत्सवमा रमाउन करिब डेढसय जनाजति विदेशी पर्यटक पनि पुगेका थिए।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: रिठ्ठेपानी डाँडा काट्ने बाटो खुल्यो, ल्याण्डफिलसाइटको टुंगो छैन

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानका लागि बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि मंगलबार मात्र सहमति भएको छ।

बधशाला निर्माण सम्झौता अलपत्रः स्वस्थ मासु खाने पोखराबासीको सपना अधुरै

पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको सम्झौता अनुसार बधशाला निर्माण गर्न सकेन। महानगरले तीनवर्षअघि नै एकवर्ष भित्र पशु बधशाला निर्माण गर्ने गरी मन्त्रालयसँग सहयोग लिने सम्झौता समेत गरेको थियो। तर आफैले गरेको सम्झौता अनुसार महानगरले बधशाला निर्माण गर्न असफल भयो। जसका कारण पोखरेलीले पहिलेजसरी नै मनलाग्दी ठाउँमा बध गरिएको मासु खान बाध्य छन्।

निकास खोसेर विकास चाहँदाको सकस

पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेत क्षेत्रको बस्ती यसअघि कहिल्यै वर्षायाममा डुबानमा परेको थिएन। अधिक वर्षा हुँदा कुनैवर्ष सिमित क्षेत्र मात्र सामान्य डुबानमा पर्दथ्यो। पानीको निकास सहज हुँँदा हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारीका बासिन्दा ढुक्कले निदाउँदे। तर, शुक्रबार रातीदेखि परेको अविरल वर्षाले त्यहाँको ठुलो बस्ती डुवानमा पर्‍यो। डुबानमा पर्दा बिस्थापित भएका गाउँले अझै घर फर्किन सकेका छैनन्।

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासियो

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासिएको छ। पोखरा महानगरपालिका–४फिर्के पुल नजिकैको भित्री सडकमा भ्वाङ पर्दा बाटोसँगै एउटा घर भासिएको हो। अविरल वर्षापछि आएको भलपानीले निकास नपाउँदा जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानियले बताएका छन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः जनवरी एकदेखि संचालन लक्ष्य (तस्बिरसहित)

राष्ट्रिय गौरवको आयोजनामा पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फको सम्पूर्ण काम सकिएको छ। हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आगामि जनवरी एकदेखि विमानस्थलबाट हवाई सेवा संचालन गर्ने लक्ष्य राखेको छ। तर, तोकिएको समयमा उडान सुरु हुने वा नहुने भन्ने अझै यकिन भईसकेको छैन।

पोखरा महानगरद्वारा ‘कृषि उपज ढुवानी सेवा’ सुरु

बजारभन्दा पर उत्पादित कृषिजन्य उत्पादन सहज ढुवानी नहुँदा थन्क्याउनुपर्ने बाध्यता किसानलाई पर्छ। उत्पादित कृषिजन्य वस्तु गाईवस्तुलाई आहारा बनाउनुपर्ने पीडा पनि नभएको होइन। अर्कोतिर बजार भाउ नपाउँदाको दुःख पनि उस्तै छ।

पोखरा महानगरको बजेटः खेलकुद प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड

पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।

पोखरा स्पोर्टस अवार्डको नोमिनेसन सार्वजनिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ को नोमिनेसन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यही असार १८ गते पोखरामा आयोजना गर्ने स्पोर्टस अवार्ड–२०७८ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।

पोखरा महानगरको नीति तथा कार्यक्रमः हरेक वर्षको पहिलो ६ महिनामा तीन हजार रोजगारी (पूर्णपाठसहित)

हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा तीनहजार रोजगारी थप गर्ने योजना सहित पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। महानगरका प्रमुख धनराज आचार्यले सीपसँगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना संचालन गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्