४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते भएका एक वृद्धाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री छन्।

मोटरसाइकलले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु

उदयपुरको कटारीकी एक बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। दुई दिनअघि कटारी नगरपालिका ३ का रामनारायण दास सवार स ९ प २०७ नं.को मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी कटारी ३ हडैयाकी ३ वर्षीया जिज्ञासा अधिकारी दनुवारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा तीन गम्भिर घाइते

आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका ११ पन्ध्रकिलोमा बिहिबार साँझ एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा चार जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भिर रहेको छ।

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ।

वडा कार्यालयको मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते

वडा कार्यालयको मोटरसाइकलको ठक्करबाट दुई बालक घाईते भएका छन्। भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–९ गाइबाँधेको कुयापानीमा मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते भएका हुन्।

स्कुल बसको ठक्करले पैदलयात्रीको मृत्यु

बिहीबार एक नीजि विद्यालयको गाडी दुर्घटनामा परी स्थानीय पैदलयात्रीको मृत्यु भएको छ।

बसको ठक्करबाट एकको मृत्यु

चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो।

गाडीको ठक्करबाट एकको मृत्यु

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्