सिन्धुपाल्चोक- मिनी ट्रकको ठक्करबाट मेलम्ची नगरपालिका–७ दुबाचौरमा शनिबार एक बालकको मृत्यु भएको छ।
मेलम्ची बजारबाट ढुंगा बोकेर दुबाचौर जाँदै गरेको बा५ख २९५४ नम्बरको मिनी ट्रकले दिउँसो ठक्कर दिँदा स्थानीय १३ वर्षीय राजन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेका अनुसार ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको थियो।
मृतक बालक सोही मिनी ट्रक धनी कृष्ण श्रेष्ठको छोरा भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मेलम्चीले दुबाचौर नै घर भएका ठक्कर दिने चालक ३० वर्षीय सुबन तामाङलाई पक्राउ गरेको छ। मृतकको शब स्वास्थ्य परीक्षणका लागि मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ।
प्रकाशित: २ कार्तिक २०७६ १२:१५ शनिबार