१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्कुल बसको ठक्करले पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरमा बिहीबार एक नीजि विद्यालयको गाडी दुर्घटनामा परी स्थानीय पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–६ बेलटारमा सञ्चालित पारुहाङ एकेडेमीको स्कुल बसले ठक्कर दिँदा चौदण्डीगढी–८ की ६० वर्षीया नम्रता थापाको मृत्यु भएको हो।

गाउँबाट विद्यार्थी बटुलेर बेलटार ल्याउँदै गरेको एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले विहान ९ः०० बजे ठक्कर दिदा पैदल यात्री थापा गम्भीर घाईते भएकी थिईन्। घट्नालगत्तै उद्धार गरी स्थानीय प्राथमिक स्वास्थ्यचौकी बेलटारमा उपचारार्थ लगिएकोमा पुग्ने बित्तिकै थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ।

बस र चालक दुवैलाई नियन्त्रणमा लिएर इप्रका हिरासतमा राखी अनुसन्धान थालिएको छ भने मृतकको लास पोष्टमार्टमको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App