४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बसको ठक्करले एकको मृत्यु

कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीको भ्यानले ठक्कर दिँदा दुई पैदल यात्री गम्भीर घाइते

कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना पैदाल यात्री गम्भी घाइते भएका छन्।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट युवतीको मृत्यु

कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। बन्दीपुर गाउँपलिका–४ चुनपहरामा बिहीबार कारको ठक्करबाट युवतीको मृत्यु भएको हो।

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार सवारी दुर्घटनामा पुरुषको मृत्यु भएको छ। एक महिला गम्भीर घाइते छिन् ।

नगर अधिकृतको गाडीले एक भारतीयको मृत्यु

एक नगर अधिकृतको गाडीले ठक्कर दिएपछि एक भारतीय नागरिकको मृत्यु भएको छ। रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार एक भारतीयको मृत्यु भएको हो।

वन्यजन्तुलाई सडककै जोखिम

निकुञ्ज तथा संरक्षित क्षेत्रका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ। राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ।

१८ चक्के भारतीय कन्टेनरले हटौंडामा ७ वटा सवारीलाई ठक्कर दिएपछि...

पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले किचेर दुई जनाको मृत्यु भएकोे छ। मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

ना ४ ख ९८९७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री नरहा गाउँपालिका–१, तिलासीका ३५ वर्षीय विक्रम उराँउको घटनास्थलमै मृत्यु भएको हो।

श्रीमान बाँचे, श्रीमती र छोरीको मृत्यु

रौतहटमा ट्रकको ठक्करबाट आमा छोरीको ज्यान गएको छ।  जिल्लाको दधियाभार चौक नजिक एक ट्रकले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा आमा र छोरीको घटनास्थलमै मृत्यु भएको हो।

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।

ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

तनहुँमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिदाँ ऋषिङ गाउँपालिका–४ भिरकोट ढुंगागाढे घर भई हाल शुक्लागण्डकी–४ दुलेगौँडा बस्दै आएका २१ बर्षिय कमल विकको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्