४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काठमाडौं आउँदै गरेकाे बसले ठक्कर दिँदा महिलाको मृत्यु

सर्लाहीको लालबन्दीमा रात्रीबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। काकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको बा. ४ ख ८०८१ नम्बरको बसले आइतबार राती पौने १० बजे ठक्कर दिँदा ६० वर्षीया मिसमाया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मन्थलीमा माेटरसाइकल ठक्करबाट एक वृद्धाकाे मृत्यु

आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो।

टिपरको ठक्करबाट १२ को परीक्षा दिएर फर्केकी युवतीको मृत्यु

बुटवलको पाखापानीमा टिप्परको ठक्करबाट एक युवतीको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को३०प २४५७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना३ख ६८१३ नम्बरको टिपरले ठक्कर दिएको थियो।

सडक वारपार गर्न वन्यजन्तुलाई असहज

भरतपुर र रत्ननगरलाई जोड्ने टिकौली वन क्षेत्रको सडक पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्छ। जैविक मार्ग मानिएको सडकमा सवारीसाधनको ठक्करबाट चालू आर्थिक वर्षमा ६ वटा चित्तलको मृत्यु भएको छ।

ठक्कर दिएर भाग्दै गरेका मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

साइकलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ। मोटरसाइकल चालक हरिवन नगरपालिका–१०, सुखेपोखरी निवासी ३८ वर्षीय राजेश श्रेष्ठको उक्त दुर्घटनामा परी मृत्यु भएको छ। स्थानीयलाई छलेर मोटरसाइकल चालक भाग्ने खोजेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ।

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

ज१त ३९५८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा कौडेना गाउँपालिका –६ सक्रौल निवासी राधे रायकी ४ वर्षीया छोरी पूजाकुमारीकाे घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी फेन्हराले जनाएको छ। सडकमा खेलिरहेका बेला बालिकालाई ट्रयाक्टरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

बसको ठक्करबाट एकको मृत्यु, चालक फरार

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ८ किटेनीमा यात्रुवाक बसले ठक्कर स्थानीय ३२ वर्षीय देवजङ्ग खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुकुम (पूर्व) बाट काठमाडाैं जाँदै गरेको ना ५ ख ८९६२ नम्बरको बसले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सर्लाहीस्थित लालबन्दी नगरपालिका–११ हीरापुरमा बिहान मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।  ना३८ प ८२९५ नम्बर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया मीना जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जीपको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

जीपको ठक्करबाट शुक्रवार राती एक वृद्धको मृत्यु भएको छ। श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को. २ च २१० नम्वरको जीपले ठक्कर दिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ।

फोहोरमैला बोक्ने ट्रिपरको ठक्करले एक बालकको मृत्यु

फोहोरमैला बोकेको ट्रिपर गाडीको ठक्करले सिसडोलमा एक बालकको ज्यान गरेको छ। ललितपुरको नेपाल विकास अभियानको फोहोरमैला बोक्ने बा४ख ९६४७ नम्बरको ट्रिपरको ठक्करले ककनी गाउँपालिका वडा नं २ का १३ वर्षीया सञ्जोक नेपालीलाई मंगलबार बिहान ठक्कर दिएर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते नेपालीको धपासीस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी प्रभाग तिनपिप्लेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्