४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्।

लकडाउनमा ८८ मोटरसाइकल चोरी

उपत्यकामा लकडाउन अवधिभर अहिलेसम्म ८८ वटा मोटरसाइकल तथा स्कुटर हराएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। हराएका मध्ये अहिलेसम्म ३० वटा फेला परेको र बाँकीको खोजी भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए।

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको कौशलटारमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौतर्फ जादै गरेको बा ३९ प ५७४१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गई दुर्घटना हुँदा घाइते मोटरसाइकल चालक वर्ष ३० को अजय श्रेष्ठको मृत्यु भएको हो ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सूर्यविनायक नगरपालिका–८ जगाती बस पकेट नजिकै अरनिको राजमार्गमा  रोकी राखेको ना ६ ख ११०३ नं. को ट्रकमा मंगलबार राति सूर्यविनायकबाट साँगातर्फ जादै गरेको बा ९० प ४०४० नं को मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ। होली पर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो।

टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु श्रीमान घाइते

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। तानसेन नगरपालिका(७, लामीडाडाँमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन–७, का ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बारामा तीन जनाको मृत्यु भएको छ। लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

चोरीका मोटरसाइकल बरामद

काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ।

आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक पक्राउ

सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन्।

जिल्लाभरिमा तीनवटा मोटरसाइकल

मोटरसाइकल सहर बजारका प्रायः घरघरमा हुन्छन्। ठूलो परिवार छ भने एउटै घरमा तीन/चारवटा देखिन्छन् तर, कर्णालीको हिमाली जिल्ला हुम्लामा तीनवटा मात्र मोटरसाइकल सञ्चालनमा छन्।

ट्याकटरमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

गौशाला सम्सी सडक खण्ड अन्तर्गत पर्ने औरही नगरपालिका ४ कठुधारमा रोकि राखेको ट्याकटरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। गएराति कठुधार चेकपोस्ट नजिकै भएको सो दुर्घटनामा परि स्थानीय २२ वर्षिय उमेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृता भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्