२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उपभोक्तालाई वितरण गर्नुपर्ने काठ मिलमा बिक्री

सुर्खेतको एक सामुदायिक वनले उपभोक्ताका लागि वितरण गर्ने सालको काठ फर्निचर उद्योगलाई बिक्री गरेको पाइएको छ।

दोषीलाई कानुनको दायरामा ल्याऊ: मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा जयशंकर साहको मृत्युको विषयमा अनुगमन गर्दै दोषीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेको छ।

सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको छः पहाडी

मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको बताएका छन्।

केके छन् पूर्वीपहाडका सुरक्षा अधिकारीका सुरक्षा एजेन्डा ?

पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।

एम्बुलेन्स सञ्चालन व्यवस्थित गर्न छानबिन समिति

बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ।

प्रदेश सरकारद्वारा मुक्त हरवाचरवा पहिचान प्रक्रिया सुरु

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले सङ्घीय सरकारद्वारा मुक्तिको घोषणा गरिएका मधेस प्रदेशका मुक्त हरवाचरवाको यकिन तथ्याङ्क र अवस्था पहिचानका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्।

‘इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन’

इन्जिनियरिङसँग सम्बन्धित विज्ञहरूले इन्जिनियरिङका विद्यार्थी विदेश जान नपर्ने बताएका छन्। उनीहरुले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो स्कोप रहेको बताए।

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाद्धारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा दिलीपकुमार ढुङ्गाना आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज उनले पद तथा गोपनीयताको शपथ लिएका हुन।

म्यानमारको ७६ औं स्वतन्त्रता दिवस: ९ हजारभन्दा बढी कैदीलाई माफी

म्यानमारको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा ९ हजारभन्दा बढी कैदीको जेल सजाय माफ गरेको छ।

स्रष्टा र विद्यार्थी बिच अन्तरसंवाद

अरुणिमा मावि, बौद्धमानेपाल स्रष्टा समाज र अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा-विद्यार्थी बिच अन्तरसंवाद भएको छ।

गाजर खेतीको ‘हब’ बन्दै पश्चिम चितवन

प्रांगारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका १५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजर खेती गरिएको छ।

ज्येष्ठ पत्रकार पेन्सन योजना तत्काल कार्यान्वयनमा लैजान समितिको आग्रह

वीरगन्ज महानगरपालिकाको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिको आज सम्पन्न बैठकले ज्येष्ठ पत्रकार पेन्सन योजनाको कार्यविधि तयार भइसकेको हुँदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्