८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सहकारी सुधारौँ

नेपालको सहकारी आन्दोलन २०१३ सालमा सुरु भए पनि यसको संस्थागत विकास भने २०४८ सालमा सहकारी ऐन आएपछि नै भएको पाइन्छ। यस अर्थमा नेपालमा सहकारीको व्यवस्थित विकास सुरु भएको २७ वर्ष भइसकेको छ। २०१० सालमा सहकारी विभाग स्थापना भएपछि राज्यको औपचारिक कार्यसूचीमा रहेको सहकारी पहिलो पञ्चवर्षीय योजना (२०१३–२०१८) मा मुलुकमा ४ हजार ५ सय संस्था स्थापना गरी सहकारीलाई श्रमिक तथा कृषकको ऋण भार घटाउने र लोकतान्त्रिक ढंगले आपसी सहयोगमा विकास पु¥याउने लक्ष्य राखिएको थियो।

सुदूरका अब्बल

हामीले सबैभन्दा बढी कृषिमै लगानी गर्ने हो। हाम्रो मुख्य उद्देश्य पनि कृषि क्षेत्रमै लगानी गर्नु हो। व्यापार, उद्योगमा पनि लगानी लगाएका छौँ। बजार क्षेत्रमै बैंकिङ कारोबार भएकाले पनि बढीजसो व्यापार र उद्योगमा लगानी बढी देखिएको छ।

अब सहकारीले १६ प्रतिशत बढी ब्याज लिन नपाउने

सहकारी संस्थाहरूले जथाभाबी ब्याज असुली गरिरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ब्याजदरको सीमा तोकिदिएको हो।

सहकारी बजार प्रवर्द्धका लागि सहयोग गर्छौं : प्रधानमन्त्री

ओलीले ठूलो मात्रामा कृषि उत्पादन गर्न जोड दिँदै सहकारीमार्फत गरेको उत्पादनको बजार अभाव हुन नदिने बताए। ‘सहकारीले स्केल अफ प्रोडक्सन बढाउनुपर्छ,’ उनले भने, ‘उत्पादनले बजार पाएन भने प्रवद्र्धनमा सघाउछौं।’

सहकारीको ब्याजदर अन्योलमा

नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसकिने जनाएको छ। खुला बजार अर्थनीतिलाई नेपालले आत्मसात् गरेकाले ब्याजदर तोक्न नमिल्ने उसको भनाइ छ।

बडालको चेतावनीः ब्याजदर नघटाए आत्महत्या गर्ने अवस्था आउन सक्छ

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशत भन्दा कम बनाउन नहुने बताएका छन्। नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम निर्धारण भए सहकारी मर्कामा पर्ने दावी गरे।

सञ्चालकद्धारा लाखौं हिनामिनाः चार वर्षदेखि २४ परिवारको २५० रोपनी जग्गा रोक्का

‘एक करोड ऋण ल्याएर सदस्यहरुलाई ५० लाख जति बाँडे, अरु पैसाको हिसाब किताब छैन’ आइतवार सहकारीका अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आएकी धनकुमारी लामाले भनिन्। सहकारीमा आवद्ध किसानलाई कृषिमा लगानी गर्न बैंकबाट वाइबाले सदस्यहरुको जग्गा धितो राखेर ऋण लिएका थिए। तर उनले ५० लाख आफैँले चलाएको आरोप पीडित सदस्यहरुको छ।

सहकारीद्वारा हजार रोपनीमा खेती

सहकारीलाई उत्पादनमा लगाउने योजना बनाइरहेको सरकारले सहकारीमार्फत चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्न सुरु गरेको छ।

दूधको अनुदानमा निरन्तरता

दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई प्रदेश ३ सरकारले एक करोड ५५ लाख रुपैयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान (आउटपुट बेस्ड सब्सिडी) वितरण गरेको छ।

सहकारी संस्थाबाट १५ लाख चोरी

काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

श्री सम्पन्नको सेवा केन्द्र माछापोखरीमा

श्री सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको माछापोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। २०६४ सालमा स्थापित सहकारीले सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र खोलेको जनाएको छ।

अनियमितताको आरोपमा सहकारीमा तालाबन्दी

तनहुँको एक सहकारीमा अनियमितताको आरोपमा सञ्चालक समिति र शेयर सदस्यले छानविनको माग गर्दै ताला लगाएका छन्।

धमाधम मर्ज हुँदै सहकारी

पूर्वी चितवनका तीनवटा सहकारीले गएको जेठ २७ गते एकीकरण गरे। रत्ननगर नगरपालिका वडा नं ६ को बछौली नारी बचत तथा ऋण सहकारी, वडा नं १४ को पिठुवा नारी चेतना बचत तथा ऋण सहकारी र खैरहनी नगरपालिका वडा नं ८ को खैरहनी नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले संयुक्त साधारण सभा गरेर एकीकरण गर्ने निर्णय गरेका हुन्। एकीकरणपछि सहकारीको नाम नारी चेतना बचत तथा ऋण सहकारी संस्था राखिएको छ।

दुई कृषि सहकारी गाभिए

व्यास नगरपालिका–९ गजौडेस्थित दुई कृषि सहकारी संस्था एकआपसमा गाभिएका छन्।सुनौलो भविष्य कृषि सहकारी संस्था र नयाँ गोरेटो कृषि सहकारी संस्था गाभिएका हुन्।एकीकृत सहकारी संस्थाको साधारणसभाबाट सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था गठन गरिएको छ।सोको अध्यक्षमा विष्णु अधिकारी चुनिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्