८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेशमन्त्री लामालाई पत्नी शोक

भरतपुर – प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ। उनकी धर्मपत्नी ५८ वर्षीया कान्छिमाया लामाको आज बिहान ४ बजे हेटौंडामा निधन भएको हो।

उनी कलेजोको क्यान्सरबाट पीडित थिइन्। गत मंसिरमा क्यान्सर रोग भएको पत्ता लागेको थियो। उनको शव चितवनको भण्डारास्थित आफ्नै घरमा ल्याइएको छ। आजै बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने मन्त्री लामाका स्वकीय सचिव सुरज थपलियाले जानकारी दिए। रासस

प्रकाशित: २१ असार २०७६ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App