८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ओरियन्टल सहकारीको १६ अर्ब जोखिममा

सरकारी एक समितिले ओरियन्टल सहकारीका कारण पीडितको करिब १६ अर्ब रुपैयाँ जोखिममा परेको प्रतिवेदन तयार पारेको छ।

‘सहकारी शिक्षाको पाठ्यक्रम विकास गर्न अन्तर्राष्ट्रिय गोष्ठी’

अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्यासिफिकको क्षेत्रगत निकाय आइसिइआईको आयोजनामा सोमबारदेखि राजधानीमा दुईदिने ‘सहकारी शिक्षाको पाठ्यक्रम विकास गर्नका लागि अन्तराष्ट्रिय गोष्ठी’ तथा वार्षिक बैठक सुरु भएको छ । कार्यक्रममा नेपाल, भारत, चीन, जापान, मलेसिया, सिंगापुर, फिलिपिन्सलगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।

दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिएकी छिन्।

युनाइटेड सहकारी समस्याग्रस्त

काठमाडौं महानगरपालिकाको २९ वडामा सञ्चालित युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ।

सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन्।

सहकारी मर्जर : रहर, आवश्यकता कि बाध्यता ?

राष्ट्रिय सहकारी दिवस २०७५ का अवसरमा आयोजित बृहत् समारोहमा प्रधानमन्त्रीको उपस्थितिमा नेपाल सरकारका तर्फबाट सहकारी एकीकरणलाई अभियानका रूपमा लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको थियो ।

काँडाघारीमा सदस्य सेवा केन्द्र

ज्येष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कागेश्वरी मनोहरा नगरपालिका–९, सनसिटी, काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालन गरेको छ।

करोडौंका अनुदान सहकारीद्वारा झ्वाम

उद्देश्य अनुसार काम भइदिएको भए मालकोट अहिले अर्गानिक तरकारीको नमूना गाउँ हुन्थ्यो। होम–स्टेमा पाहुना भरिएका हुन्थे। ‘न होम–स्टे सञ्चालनमा आयो, न नमूना सहकारी गाउँ बन्यो,’ वडा अध्यक्ष तुलाराज विकले भने, ‘एक करोड रुपैयाँ के काममा खर्च भयो, हामीलाई जानकारी छैन्।’

सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ।

सहकारी सुधारका चुनौती

नेपालमा सहकारी संस्था सुरु भएको इतिहास ६२ वर्ष पूरा भई सक्दा हाल देशभर करिब ३५ हजार सहकारी संस्था सञ्चालनमा छन्। जसबाट प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्। देशभर सञ्चालित विभिन्न प्रकृतिका सहकारी गरी कम्तीमा यसका ६३ लाख सेयर सदस्य छन्। देशभर गरेर सहकारीका ७३ अर्बभन्दा बढी सेयर पुँजी, ३ खर्बभन्दा बढी निक्षेप र २ खर्बभन्दा बढी ऋण लगानी छन्।

सहकारी पीडितलाई तिहारमा पनि पीडा

सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ। गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्। ईद, बकरईद, दसैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन्।

नियत नै ऋणीको घरजग्गा हडप्ने

चापाकोटका किसानमात्रै होइन, गायक रामकृष्ण ढकालदेखि बानेश्वर मीनभवनका कुनै बेलाका ‘जग्गा साहू’ भनिने गणेश अवालेसम्म सहकारीबाट यसैगरी ठगिएका छन्। यसरी ठगिनेमा धेरै छन्।

कर्मचारी आबद्ध राष्ट्रसेवक सहकारी करोडपति

उदयपुरका निजामति कर्मचारीद्वारा सदरमुकाम गाईघाटमा सञ्चालित ‘राष्ट्र सेवक वहुद्ददेश्यीय सहकारी संस्था लिमिटेड’ उदयपुरले स्थापनादेखि चालु वर्षसम्म ५ करोड बढीको कारोबार गर्न सफल भएको छ।

सहकारीले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने

ब्रह्मपुरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका छोराछोरीको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि लोकसेवाको तयारीलगायत अन्य प्रतिस्पर्धाका लागि कक्षा सञ्चालन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्