८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सहकारीबाट ठगिँदै सेवाग्राही

स–सानो पूँजी जम्मा गरेर सहकार्यका माध्यामबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीबाटै तिनका सदस्य ठगिएको पाइएको छ।

दिप्रुङमा ‘एक वडा एक दलित सहकारी’को काम सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ स्थापनाको काम थालेको छ। पिछडिएका दलित समुदायमा बचत गर्ने र सो बचतलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्ने बानीको विकासका लागि गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ स्थापनाको पहल थालेको हो। आर्थिक र सामाजिकरुपमा पछि परेका दलित वर्गको उत्थानका लागि दलितसँग सहकारी कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। ७ वडा रहेको गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी स्थापनाका लागि बीउ पुँजी स्वरुप आर्थिक वर्ष २०७६÷०७७ मा ५ लाख रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

सहकारीले बेचे दुई करोडका खसीबोका

बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब दुई करोड रुपौयँँको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन्।  यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ९० लाख ४१ हजार रुपैयाँमूल्यका  एक हजार ५३०  खसीबोका बिक्री गरेको छ।

सगुनको मुनाफा पौने तीन करोड

प्रदेश २ कै सर्वोत्कृष्ट सहकारीको रुपमा पुरस्कृत सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार २० औं साधारण सभा सम्पन्न भएको छ।

बजेटमा सहकारीलाई प्राथमिकता दिनुपर्छ : मन्त्री अर्याल

मन्त्री अर्यालले सहकारीका लागि छुट्याएको बजेट पर्याप्त नभएको बताइन्। स्थानीय तथा प्रदेश सरकारले सहकारीमार्फत काम गर्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिइन्। ‘स्थानीय तहले सहकारीमार्फत परिचालन गर्ने पैसा न्यून विनियोजन गरेको देखिन्छ,’ उनले भनिन्, ‘सहकारीमार्फत समृद्धिका कार्यक्रम अघि बढाउनु पर्छ।’ प्रदेश र स्थानीय तहका कार्यक्रममा संघीय सरकारले सघाउने बताइन्।

भक्तपुरमा चार सय ७२ सहकारी

भक्तपुरमा चार सय ७२ सहकारी संस्था रहेको बताइएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव जगनाथ प्रजापतिका अनुसार तीमध्ये जिल्ला संघमा एक सय ९८ सदस्य रहेका छन्।

जेष्ट आइडियोलोजी सहकारीको सभा

जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको छ। सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्रीलाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ।

झ्यालको ग्रील झिकेर सहकारीमा चोरी

खैरहनी नगरपालिका वडा नम्बर १० को शान्ति बजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा चोरी भएको छ।

बचत सहकारीको सङ्ख्या घटाइन्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्‌मा कुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताइन्।

‘सहकारी रकम अपचलन मुद्दा’ प्रभावित पार्न डिएसपीको सरुवा

मुद्दाको आवश्यक अनुसन्धानका लागि संस्थाका तत्कालिन उपाध्यक्ष अजयकुमार पाठक र कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमिति सदस्य दीपककुमार बर्मा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार छन्। पाठक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ र बर्मा वडा नम्बर १८ का वडाध्यक्ष हुन्।

सहकारीको रकम उत्पादनमा लगाउनुहोस्– मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मारकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरकी छिन्। नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका अवसरमा बिहीवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राखेकी हुन्।

सहकारीको पैसा हिनामिना गरेको भन्दै वडाध्यक्ष पाठक र बर्माविरुद्ध पक्राउ पुर्जी

सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सहकारीका अध्यक्षसहितलाई जेल सजाय

धरान १२ मा सञ्चालित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाको आठ करोडभन्दा बढी रुपैयाँ हिनामिना गर्ने तीन जना जेल चलान भएका छन्। सहकारी संस्थाका अध्यक्ष धरान वडा नं. १५ का कृष्ण दर्नाल विक र मोहन दर्नाल तथा मोरङ सुन्दरहरैँचा वडा नं. ९ की कृष्णकुमारी विक जिल्ला अदालत सुनसरीको बुधबारको आदेश अनुसार जेल चलान भएका हुन्।

‘सहकारी संख्या घटाउनुपर्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्या धेरै भएकाले मर्जर गरेर सहकारीको संख्या घटाउनुपर्ने बताएकी छन्। सहकारी संस्थाको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले यस्तो धारणा राखेकी हुन्।

संख्या गनेर र औला भाँचेर मात्रै सहकारीको विकास हुन सक्दैनः मन्त्री अर्याल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्