वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा
आउँदो चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीन ्वर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एकवर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ
आउँदो चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीन ्वर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एकवर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ
चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्।
कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाउनुभएको छ ? यदि काम विशेष या अन्य समस्यामा परेर उक्त फारम भर्न छुटाउनुभएको छ भने तपाईंलाई फेरि मौका दिइने भएको छ ।
मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्ष्य गर्दै प्रमुख राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा वैदेशिक रोजगारी प्राथमिकतामा परेको छ। विगतका निर्वाचनमा वैदेशिक रोजगारीबारे प्रस्ट धारणा नराख्ने दलहरूले यसपटक भने चुनावी घोषणापत्रमै त्यसलाई मर्यादित, सुरक्षित र व्यवस्थित गराउन आवश्यक ठानेका छन्।
वैदेशिक रोजगारीका लागि मलेसिया जान खोजेका तेह्रथुम, म्याङलुङका प्रकाश लिम्बु एक महिनायता तीनपटक काठमाडौं आए । असोज पहिलो साता मेनपावर कम्पनीलाई राहदानी बुझाउन काठमाडौं आएका ३० वर्षीय लिम्बु त्यसपछि स्वास्थ्य परीक्षण गर्न र तेस्रोपटक अभिमुखीकरण तालिममा सामेल हुन राजधानी आए।
नेपालको उत्तरी व्यापारिक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको सङ्ख्या बढेको छ। केरूङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेर्होन नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका छन्।
वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजार सम्म कमाउँदै आएका छन् ।
यस वर्ष पाँचथरबाट वैदेशिक रोजगारीमा गएका १६ जनाको ज्यान गएको छ । मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय, पाँचथरले जनाएअनुसार सबैभन्दा बढी १२ जनाको साउदी अरबमा मृत्यु भएको छ । दुबईमा दुईजना, कतार र दक्षिण कोरियामा एक/एक जनाको मृत्यु भएको छ ।
पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गरेका छन्। फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गरेका हुन्। यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ।
मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो। विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए। श्रीमतीलाई पैसा पनि पठाउन थाले। रश्मिका दिनहरु राम्रैसँग बित्दै गए। समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो। श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए। विमानस्थलमा रश्मिको प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश्मि अर्कै केटासँग गइन्। रमेशले कमाएको पैसा अनि सम्बन्ध पनि त्यही दिनदेखि सकियो। रमेश एक्ला भए।
सम्पत्ती कमाएर ल्याउने सपनामा बिदेसिएका आफन्तको शव बाकसमा घर आइपुग्दा खोटाङको लामीडाँडा गाउँपालिका–३ चिउरीबास गाउँ शोकमा डुबेको छ। सम्पत्ती कमाउने र परिवारलाई सुख शयलकासाथ पाल्ने सपनामा साउदीअरब पुगेका दलबहादुर राई बाकसमा मृत ल्याइपु¥याइँदा सिंगो गाउँ शोकमा डुबेको हो। सुतेकै ठाउँमा साउन २८ गते मृत फेलापरेका राईको शव मंगलबार गाउँमा ल्याएर बाहिङ राई संस्कार अनुशार दाहसंस्कार गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन्।
युवाको वैदेशिक रोजगारीमा जाने अहिलेकै अवस्था कायम रहे १० वर्षसम्ममा देशमा भयावह अवस्था आउन सक्ने आँकलन सरोकारवालाले गरेका छन्।
रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्छिन् । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमानसँग छोडपत्र गरी चार छोरीसँग बसेकी छिन्।