२२ असार २०८१ शनिबार
image/svg+xml

आज साउने सङ्क्रान्ति मनाइँदै

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ।

माघे सङ्क्रान्तिका लागि तरुल, आलु र सखरखण्ड किन्नेको भिड (फोटोफिचर)

सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

टोखाका उद्योगी चाकु बनाउँन व्यस्त

माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो।

कर्णालीमा ‘देउडा तथा साउने सक्रान्ति पर्व’ मनाइँदै

‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ। आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो।

आज माघे संक्रान्ति पर्व मनाइँदै

आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना गरेका छन्।

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो: अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन्।

थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी

बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघेसङ्क्रान्तिको तयारीमा जुटेको छ। मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा निम्तो दिने चलन छ।

संरक्षणको पर्खाइमाः साउने सङ्क्रान्ति र देउडा

शुक्रबार देशभर मनाइएको साउने सङ्क्रान्तिको कर्णालीमा छुट्टै पहिचान छ । यो पर्वसँगै जोडेर यहाँ देउडा नाचलाई पनि प्राथमिकता दिन थालिएको छ ।

आज माघे सङ्क्रान्ति मनाइँदै

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ।

साउने सङ्क्रान्तिमा कर्णालीमा सार्वजनिक बिदा

प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।

शास्त्रमा मकर सङ्क्रान्ति

भविष्य पुराणमा माघमा घिउ र कम्बल दान गर्नाले विशेष फल मिल्नुका साथै मोक्ष प्राप्त हुन्छ भनिएको छ। साथै पद्म पुराणअन्तर्गत माघ माहात्म्यमा मकर सङ्क्रान्तिदेखि सो महिनाभर चिसो पानीमा डुबुल्की लगाउने व्यक्ति सम्पूर्ण पापबाट मुक्त हुन्छ भनिएको छ।

माघे सङ्क्रान्तिका दिन २५ हजारभन्दा बढी बोकाको बली

महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा माघे सङ्क्रान्तिका दिन बुधबार मात्र १० लाखभन्दा बढी श्रद्धालुले दर्शन गरेका छन् भने २५ हजारभन्दा बढी बोकाको बलि दिइएको छ। ५ वर्षपछि गत मंसिरमा लागेको मेलामा दर्शन गर्न छुटेका र भाकल गरिएका पशुको बली दिन नसकेका श्रद्धालुले माघे सङ्क्रान्तिका दिन गढीमाईको दर्शन तथा बली दिएका हुन्।

रिडीमा माघे सङ्क्रान्ति मेला सुरु (फोटो फिचर)

आज माघे सङ्क्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दानधार्मिक कार्य गरी मनाइदैछ। आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। जेठी, माइली र कान्छी सङ्क्रान्तिको रुपमा मनाइने माघे सङ्क्रान्ति मेला पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्