coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना गरेका छन्।

प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउने र नयाँ वर्ष मान्ने गरेको उल्लेख छ।

मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउने गरेको उल्लेख गर्दै उनले हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको बताएका छन्।

तरुल, सखरखण्डजस्ता कन्दमूल तथा घ्यू, चाकु, तिलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको शुभकामना सन्देश उल्लेख छ।

प्रदेश प्रमुख गुरुङले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नु हामी सबैको दायित्व भएको बताउँदै यस पर्वले सम्पूर्ण नेपाली बीचमा बन्धुत्व र हार्दिकता कायम गर्दै सबै नेपालीबीच शान्ति, एकता, सद्भाव तथा सहिष्णुता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १ माघ २०७८ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App