३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:९ अपराह्न

यी हुन् मानव तस्कर गर्ने दलालहरु

नेपाली दूतावास युएईले भिजिट भिसाको नाममा ठगी गरी मानव तस्कर गर्ने ५१ जना दलालहरुको नाम सार्वजनिक गरेको छ। दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत २०७४ साउनदेखि हालसम्म मानव तस्कर गर्ने दलालहरुको फोन नम्बरसहित नामावली सार्वजनिक गरेको हो।

पाँच लाख घुससहित मालपोत कर्मचारी र दलाल पक्राउ

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले करिब ५ लाख घुससहित जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ गरेको छ। आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले मालपोतका खरिदार नरबहादु सारु मगर र लेखापढी व्यवसायी सर्जु थापालाई ४ लाख ९८ हजार घुससहित सोमबार राति नेपालगन्जबाट पक्राउ गरेको हो।

मिर्गौला दलाल राजधानी छेउछाउ सक्रिय

केही वर्षअघिसम्म काभे्र जिल्लामा सक्रिय मानव अंग बेचबिखनका दलाल पछिल्लो समय राजधानी छेउछाउका गाउँमा सक्रिय बन्दै गएको सरोकारवालाले औंल्याएका छन्। जनअधिकार संरक्षण मञ्च नेपालका अनुसार पछिल्लो समय दलाल काठमाडौंका  साँखु, थली र थानकोट क्षेत्रतिर सक्रिय छन्।

‘दलाल पुँजीवाद हाबी हुँदा समृद्धिमा बाधा’

कम्युनिस्ट पार्टीका नेताहरूले मुलकको अर्थतन्त्रमा दलाल पुँजीवाद हाबी हुँदा समृद्धि हासिल गर्न नसकिएको बताएका छन्।

सोझा महिला फकाउन गाउँ-गाउँमा दलाल

सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा दलालहरू सक्रिय छन्। रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जानेको संख्या बढ्दो छ।

दलाल मालामाल, उखु किसान कंगाल

किसानले उखु उब्जाएको भए पनि उखु किनेर चिनी उद्योगहरुलाई बेच्ने बिचौलिया मालामाल भएका छन्। सरकारले उखुको मूल्य समयमा तोक्न नसक्दा बिचौलिया मालामाल भएको पाइएको छ।

यौन दलालको चक्रव्यूह

राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् । डरलाग्दो कुरा के छ भने उनीहरूले फिल्म र मनोरञ्जन जगत्का नाम चलेका अभिनेत्री र मोडलहरूको नाम बदनाम गरिरहेका छन् ।

खानीको लाइसेन्समा चर्को दलाली

संसारका कैयौं द्वन्द्व स्रोतसाधनमाथि कब्जा जमाउनकै निम्ति हुने गरेका छन्। यही विषयमा नेपालमा अहिलेसम्म द्वन्द्व त भएको छैन तर यहाँका स्रोतसाधन भने टाठाबाठाका कब्जामा छन् जुन मोटो रकममा किनबेच हुन्छन्।

'हामी ६०१ सांसद दलाल र माफियाको साथमा छौं'

काठमाडौं— बिहीबार बिहानैदेखि काठमाडौंमा झरी परिरहेको थियो। साउने झरीको वास्ता नगरी नयाँ वानेश्वरमा युवाको ठूलो हुल मुखमा कालो पट्टि बाँधेर डा.गोविन्द केसीको समर्थनमा धर्नामा उत्रियो। बिहान १०:३० बजेदेखि सुरु भएको धर्नाका सहभागीले डा.केसीले उठाएका मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका मागबारे मौन बस्ने ६०१ सांसदहरुप्रति बंग्य गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्