५ आश्विन २०८१ शनिबार
image/svg+xml

भातेढुकुरमा मिनी बस दुर्घटना, एक जनाको मृत्यु

प्रहरीका अनुसार ठक्करपछि घाइते भई उपचारको लागी डा.इवामुरा अस्पताल ल्याइएकोमा मोटरसाइकलमा पछाडि सवार रामेछाप लिखु गाउपालिका ४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ९ नलिन्चोक बस्ने बर्ष ३५ को रामबहादुर भुजेलको मृत्यु भएको हो।

सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

काठमाडौंबाट छुटेको बस बाँकेकाे सिमानामा दुर्घटना

काठमाडौंबाट सुर्खेतका लागि छुटेको यात्रुबाहक बस दाङ र बाँकेको सिमानामा दुर्घटना भएको छ। मध्यपश्चिम यातायातको ना ७ ख ६८४१ नम्बरको बस आइतबार बिहान साढे ८ बजेतिर शिवखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा वृद्धाको मृत्यु

कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

विपी राजमार्गमा मिनि बस दुर्घटना, तीन जनाको मृत्यु

यहाँको सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा मिनि बस दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

सवारी दुर्घटनामा महिलाको मृत्यु

हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ बजेर ३० मिनेटमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइते आचार्यलाई आर्थिक सहयोग

एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यलाई आफन्तले चन्दा उठाएर आर्थिक सहयोग गरेका छन्।

ट्याक्टरको ठक्करबाट तीन घाइते

ट्याक्टरको ठक्करबाट खोटाङमा तीन जना घाइते भएका छन्। हलेसीबाट दिक्तेलतर्फ जाँदै गरेको ना ८ ख ७१ नम्बरको ट्रिपरले को १ च ३९८९ नम्बरको भ्यानलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ६५ वर्षीय प्रेमबहादुर दाहाल, २९ वर्षीया मीना श्रेष्ठ र मीना श्रेष्ठ घाइते भएका हुन्।

युएईमा सडक दुर्घटना : ६ नेपालीसहित ८ जनाको मृत्यु

युएईमा सडक दुर्घटनामा परी ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ। सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर उक्त दुर्घटना हुँदा ज्यान गुमाउनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

यात्रुबाहक बस खोलामा खस्याे, दुई जनाको घटनास्थलमै मृत्यु (फाेटाे फिचर)

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

चीनमा हावा फुस्किएर बस दुर्घटना, ३६ जनाको मृत्यु

चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ। देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

सहचालकले चलाएको बस दुर्घटना, पाँचजना घाइते

स्थानीय भीम तामाङको अनुसार बस सहचालकले चलाएका थिए। तामाङ आफै पनि बसमा सवार थिए, तर बस सहचालकले चलाएपछि श्रीमतीसहित तामाङ बसबाट केही पहिले ओर्लिएका थिए। ‘दुर्घटनास्थल भन्दा एक किलोमिटर तलै ओर्लिएको थिए’, उनले भने, ‘ओर्लिएको केही बेरमा नै बस दुर्घटनामा परेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्