सिन्धुली - यहाँको सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा मिनि बस दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
दशैका यात्रु लिएर काठमाण्डौबाट सिराहा जादै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुर्घटना भएकाे हाे। दुर्घटनामा घाइतेमध्ये पाँच जनाकाे अवस्था गम्भिर रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।
मृतकको पहिचान नभएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भइसकेको छैन, एसपी सिंहले नागरिकन्युजसँग भने, गम्भिर घाइते भएका पाँच जनालाई उपचारका लागि धुलिखेल पठाइएको छ भने अन्य सामान्य घाइते भएका हुन्। तिब्र गतिका कारण दुर्घट्ना भएको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ आश्विन २०७६ ०९:०९ शनिबार