२९ भाद्र २०८३ सोमबार
image/svg+xml

भोटेकोशी बाढीपीडितका लागि गायक उदितनारायणको परिवारद्वारा ५ लाख सहयोग

विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख आर्थिक सहयोग गरेको छ।

नेपालमा आधुनिक कृषि प्रविधिको प्रयोग र रूपान्तरणको मार्ग

, नेपालको कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउन सरकारले कृषि अनुसन्धान (R&D) मा युवाहरूलाई आकर्षित गर्नुपर्छ।

विदेशी शक्तिले पहिला सरकारमा पुर्‍याउने र पछि स्वार्थ लाद्ने रणनीति लिए: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी शक्ति तथा स्वार्थ समूहहरूले सरकार बनाउने र आफ्नो स्वार्थअनुकूल दबाब सिर्जना गर्ने खेल लामो समयदेखि खेल्दै आएको दाबी गरेका छन्।

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए

रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

बाढीग्रस्त रसुवाबाट मुटुरोगी बालकको सेनाको हेलिकप्टरमार्फत उद्धार

बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-५ का मुटुसम्बन्धी गम्भीर समस्या झेलिरहेका एक १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको छ।

ऐतिहासिक गोर्खे बजार संरक्षण गर्न कोशी प्रदेश प्रमुख खापुङको जोड

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले इलामको ऐतिहासिक गोर्खे बजारलाई पुनर्जीवन दिइनुपर्ने बताएका छन् ।

रास्वपा सांसदले जनही १५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।

भग्नावशेष पन्छाउँदै मानसिक घाउमा मलम लगाउँदै प्रहरी

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएको बस्ती र भग्नावशेषमा परिणत भएको जनजीवनलाई लयमा फर्काउन नेपाल प्रहरीले स्थलगत पुनरुत्थानसँगै मनोवैज्ञानिक मलम लगाउने विशेष अभियान चलाएको छ।

काठमाडौंमा ठाउँ अभाव भएपछि पहिचान नभएका ६५ शवको नुवाकोटमै ‘वैज्ञानिक व्यवस्थापन’

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएकामध्ये पहिचान खुल्न नसकेका ६५ जनाको शव नुवाकोटमै वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको छ।

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २३ वटा ढोका खोलिए

लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खुला गरिएका छन्।

फक्ताङलुङले प्रधानमन्त्री राहत कोषमा २६ लाख १५ हजार रुपैयाँ जम्मा गर्ने

गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधामध्ये १५ दिन बराबरको एकमुष्ट रकम २ लाख ३४ हजार २ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने छ ।

इन्द्रजात्राको तयारी: भक्तपुरको नालाबाट काठमाडौं भित्र्याइँदै इन्द्रध्वजाको रूख

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राका लागि हनुमानढोकामा ठड्याइने परम्परागत लिङ्गो (इन्द्रध्वजा) का लागि रूख काठमाडौंतर्फ ल्याइएको छ।

वीरगञ्ज महानगरपालिका प्रमुख सिंहलाई सफाइ

विशेष अदालतमा भएको बहसपछि न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित ७ जनालाई सफाइ दिएको हो।

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति, १६ सय नागरिक पिउने पानीबाट वञ्चित

भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजना पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

भक्तपुरमा रात्रिकालीन यातायात सञ्चालनको तयारी

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको टोली त्यसका लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँंग भेटघाटका लागि आएकी थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्