९ मंसिर २०८१ आइतबार
image/svg+xml

आयोजनाले अन्यौला बढाएपछि बुढीगण्डकी प्रभावित धर्नामा

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकार पिच्छे फरक फरक निर्णय हुने तर काम भने नहुने भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। आयोजनाबाट प्रभावित गोरखा र धादीङका स्थानीयले आजदेखि आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना कार्यक्रम सुरु गरेका छन्।

राजधानी माग्दै निरन्तर धर्ना

निजामती सेवाबाट निवृत्त दिपायलका अनन्तबहादुर कठायत करिब दुई महिनायता दिनहुँ क्षेत्रीय प्रशासन कार्यालय दिपायल धाउँदैछन् । युवा उमेर सरकारी सेवामा बिताएका उनी अहिले सरकाको विपक्षमा छन् । पहिले आम्दानीका लागि सरकारी कार्यालय धाउने उनी अहिले राजधानी माग्दै धर्ना दिइरहेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना

प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष गोपाल पराजुलीको राजीनामा माग्दै कानुन विद्यार्थीको राष्ट्रिय सञ्जालले बुधबार धर्ना दिएको छ।

दिपायल आन्दोलन स्थगित, अब धर्ना कार्यक्रम मात्रै

आसन्न राष्ट्रिय सभा निर्वाचनलाई सहयोग गर्न दिपायलमा जारी आन्दोलन थप खुकुलो पारिएको छ। संघर्ष समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले धर्ना बाहेकका सम्पूर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेको छ।

धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटारमा धर्ना दिइएको छ ।

राजधानी माग्दै क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

प्रदेश नम्बर ७ को राजधानी दिपायल माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा धर्ना दिईएको छ । विगत १३ दिनदेखिको आमहड्तालसहितको विभिन्न कार्यक्रम गर्दै आएको संघर्ष समितिले मंगलबारबाट धर्नाका कार्यक्रम अघि सारेको हो ।

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ।  भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन्।

समानुपातिकले राजपामा तनाव, सूची सच्याउन माग गर्दै धर्ना

पार्टीले पेश गरेको सामानुपातिक सूचीले राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद सुरु भएको छ। समानुपातिक सूचीमा परेका केही नामहरु तत्काल हटाउनु पर्ने माग नेता कार्यकर्ताहरुले गरेका छन्।

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा

बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए । निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षीय छोरालाई नेपालगन्ज ल्याएका थिए । जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ वातावरण सुनसान देखियो ।

बिरामी छट्पटाउँदै शैयामा, डाक्टर प्रशासनको धर्नामा

बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो ८ बर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए ।

चुनाव चिन्ह माग गर्दै शान्तिवाटिकामा नयाँ शक्तिसहित ६८ दलको धर्ना

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन्।

प्रहरी कार्यालयमै धर्ना बसेका डा. भट्टराईमाथि दुर्व्यवार

प्रहरी नियन्त्रणबाट रिहा हुन नमानेपछि नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। नेपाल पुलिस क्लबभित्रै धर्ना बसेका उनलाई सुरक्षाकर्मीले दुर्व्यवार गरेको सहयोगी नयाँ शक्तिका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

प्रहरी नियन्त्रण भित्र पूर्व प्रधानमन्त्री भट्टराईको धर्ना

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिए सम्म प्रहरी नियन्त्रण भित्रै धर्ना बस्ने भएका छन्।

आयोगको निर्णय विरुद्ध राप्रपाद्वारा धर्ना

निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय अगाडी जुलुस सहित धर्ना गरेको छ । राप्रपाले सोमबार नै जिल्ला निर्वाचन अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ ।

बार केन्द्रीय कार्यालयमा धर्ना

उच्च अदालतको न्यायाधीश नियुक्ति विवाद काठमाडौमा फेरी शुरु भएको छ। यसअघि दुई पटक यही नियुक्तीलाई लिएर सर्वोच्च अदालतमा अन्दोलन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्