२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण

अधिवक्ता पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो करिब एक महिना अघि सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि परिषदले छानविन सुरु गरेको हो ।

उद्यमशील बनाउने सीप सिकाउने नीति अवलम्बन गर्न सरोकारवालाको सुझाव

‘नीति छ तर कार्यान्वयन फितलो भयो। जसले गर्दा दक्ष जनशक्ति उत्पादन भएन। उत्पादन भएका अर्धदक्ष जनशक्तिपनि विदेशिए। यहाँ सँधै दक्ष जनशक्तिको अभाव भयो।’

प्याराग्लाइडिङ व्यवसायीको अनुरोधः १० देखि १२ बजेसम्मको समय हामीलाई देउ

विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङलाई विस्थापित नगरी स्थापित गर्नुपर्ने उनीहरुको भनाइ छ। बरु, थप अनुशासनमा बसेर उडान गर्न आफूहरु तयार रहेको उनीहरु बताउँछन्। विमानस्थलको उडान र अवतरणलाई धेरै समय अप्ठेरो नपार्ने गरी दिनमा दुई घण्टा (बिहान १० देखि १२ बजेसम्म) समय प्याराग्लाइडिङ उडानका लागि छु्ट्याइदिन उनीहरुको आग्रह छ। प्याराग्लाइडिङ विस्थाति भए पोखराको साहसिक पर्यटनले ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरुको तर्क छ।

पुष्प व्यवसायले अझै लय लिन सकेन

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन।

सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार ९७ हजार ६ सय रुपैयाँले कारोबार भएको छापावाला सुन आज १६ सयले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग

महासंघका अध्यक्ष रामबहादुर गुरुङले आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गरेका हुन्।

आज सुनचाँदीकै मूल्य घट्यो

आज सुनको मूल्य प्रतितोला ९७ हजार २ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

सुनको मूल्य घट्यो

आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० मा कारोबार भएको थियो।

सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माण गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्