१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माण गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग आग्रह गरेको छ।

महासंघको प्रतिनिधिमण्डलले संसद्को उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेट गरी सुनचाँदी व्यवसाय सम्बन्धी प्रष्ट कानून नभएको जनाउँदै यससम्बन्धी व्यवस्था गर्न आग्रह गरेको हो।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले संसद्को उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसदहरूसँग भेट गरी शीघ्र कानून निर्माणका लागि पहल गर्न आग्रह गरेको हो।

भेटका क्रममा महासंघको प्रतिनिधि मण्डलले कानूनमा समेटिनुपर्ने विषयबारे समेत जानकारी गराएको थियो। सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध व्यवसायी मर्कामा पर्दै आएका छन्।

कानून निर्माणका लागि व्यवसायीका तर्फबाट बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाइ नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै रहेको संघले जनाएको छ।

प्रकाशित: १५ असार २०७९ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App