४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आज सुनचाँदीकै मूल्य घट्यो

आज सुनको मूल्य प्रतितोला ९७ हजार २ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: १७ असार २०७९ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App