१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एकैदिन २५ हजार दर्शक, १ करोडको कारोबार

भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएका छन्।

गढीमाई मेला व्यवस्थापनमा सरकार उदासीन

गढीमाई पञ्चवर्षीय मेलाको व्यवस्थापनमा संघ र प्रदेश सरकार उदासीन बनेको छ। मंसिरभर लाग्ने सो मेलामा ६० लाखभन्दा बढी धार्मिक पर्यटक दर्शन गर्न आउने भए पनि उनीहरूको व्यवस्थापनका लागि खानेपानी, शौचालय, बस्ने टेन्ट, सडकलगायत सुविधा दिने कार्यमा गरिने खर्चमा संघ र प्रदेश सरकार कन्जुस्याइँ गरेको आरोप गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले लगाएका छन्।

दोस्रो आन्तरिक पर्यटन मेला फागुनमा

दोस्रो डोमेस्टिक टुरिजम मार्ट (डिटिएम २०२०)को आगामीफागुन ९ र १० गते भृकुटीमण्डपको प्रदर्शनीहलसहितको चौरमाआयोजनाहुने आयोजकगन्तव्य नेपालइभेन्ट म्यानेजमेन्टले जनाएको छ।

देवीलार्ई माईत ल्याउने अनौठो मेला

मंसिर १२ र १३ गते मेला लाग्ने त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ। मेलामा खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो र अप्ठेरोबाटो हुँदै भगवतीमाइलाई बेसीको मन्दिर ल्याइने गर्दछ।

टाटा हिटाचीको पार्टस मेला

टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले देशभरका आफ्ना शाखा कार्यालयमा पार्टस मेलाआयोजना गरेको छ।

मधेससँग गहिरो प्रेम छ : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मधेससँग आफनो गहिरो लभ परेको बताएका छन्। नवलपरासीको सदरमुकाम परासीमा मंगलबार व्यापार मेलाको उदघाटन गर्दै उनले मधेससँग आफनो झनझन् गहिरो लभ परेको बताएका हुन्। दाहाल बोल्नुअघिका वक्ताले दाहाललाई मधेसलाइ हेला गरेको टाढिँदै गएको र डिर्भोस नै गर्न खोजेको भन्ने टिप्पणी गरेकोमा दाहालले मधेसकै लागि संविधान संसोधन गर्न आफू तयार रहेको बताए।

गढीमाई मेला सुरु

महागढीमाईको बरियारपुरमा गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच–पाँच वर्षमा लाग्ने मेलामा हजारौं श्रद्धालु आउने गरेको इतिहास छ।

गढीमाई मेला सुरु, मेला हेर्ने श्रद्धालुको चाप बढदै

बलिका लागि प्रसिद्ध महागढीमाई नगरपालिकको १ बरियारपुरमा रहेको गढीमाई मेला आइतबारदेखि सुरु विधिवत शुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक  लाग्ने मेलामा लाखौं श्रद्धालुहरु आउने गरेका इतिहास छ।

भृकुटीमण्डपमा वित्तीय मेला

मेलाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताए। तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटन गर्दै उनले युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य  भएको धारणा राखे।

सिन्धुपाल्चोककै ठूलो गौराती मेला सम्पन्न

धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ।

कमलामा अद्भूत भूत मेला

'पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ यस्तैयस्तै आ-आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुगेका छन्।

बराहपोखरी मेलाका दिन दुई गाउँपालिकामा सार्वजनिक विदा

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ।

हस्तकला व्यापार मेला तथा प्रतियोगिता हुने

नेपाली हस्तकलाका वस्तुको स्थानिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु-याउने तथा निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्न मेला आयोजना गर्न लागेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ।

गढीमाई मेला सभ्य बनाउन सहमति

जिल्लाको बरियारपुरस्थित विश्वमा एकैपटक सबैभन्दा बढी पशु बलि दिइने गढीमाई पञ्चवर्षीय मेलालाई भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्