११ मंसिर २०८१ मंगलबार
image/svg+xml

त्रिपुरासुन्दरी मेलाको दिन सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले कार्तिक २० गते बुधबारका दिन सार्वजनिक बिदा दिएको छ। दशरथचन्द नगरपालिका–८, मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेलाको अवसर पारी स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

गढीमाई मेला सभ्य बनाउन सहमति

जिल्लाको बरियारपुरस्थित विश्वमा एकैपटक सबैभन्दा बढी पशु बलि दिइने गढीमाई पञ्चवर्षीय मेलालाई भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच सहमति भएको छ। मंसिर १ गतेदेखि एक महिनासम्म लाग्ने उक्त मेला नजिकिँदै जाँदा नगरपालिका र मन्दिर समितिबीच मेला लगाउने विषयमा बढेको विवादले मेला प्रभावित हुने भएपछि दुवै पक्ष मेलालाई भव्य र सभ्य बनाउन सहमत भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

गढीमाई मेलाः सिडिओ र एसपीले गराए नगरपालिका र मन्दिर समितिबीच ७ बुँदे सहमति

बरियारपुरस्थित रहेको विश्वमै सबैभन्दा बढी एकैपटक पशु बलि दिइने मेलाको रुपमा रहेको गढीमाई पञ्चवर्षीय मेला भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर संचालन समितिबीच सहमति भएको छ।

नृत्यमा अब्बल दीक्षा

मेला, महोत्सव र सांस्कृतिक कार्यक्रम आठ वर्र्षीय दीक्षा ठकुरी नृत्य प्रस्तुत गरिरहेकी छिन्। लोकदोहोरी, आधुनिक र पप गीतमा नृत्य गर्न माहिर उनीको वाहवाही बटुल्दैछिन्।

सकियो छेवेटार मेला, ५० हजारले अवलोकन गरे

गोरखा नगरपालिका १० को छेवेटारमा १० दिनसम्म संचालित प्रथम गोरखा छेवेटार रमाइलो मेला २०७६ सकिएको छ। मेलाको संघीय सांसद चुडामणि खड्काले एक कार्यक्रमका बीच शनिवार समापन गरेका हुन्।

विवादमा गढीमाई मेलाः शान्तिपुर्ण सम्पन्न गर्नुपर्नेमा जोड

प्रदेश सरकारले स्थानीय तहले प्रयोग गरेको अधिकार क्षेत्रको विरोधमा लागेको भन्दै महागढीमाई नगरापलिकाले सोमबार जिल्लाका स्थानीय तहका प्रमुख, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतसँग मेलाको बारेमा राय सुझाव लिएको छ।

तातोपानी स्नान मेला शुरु

धार्मिक एवम पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा शुक्रबारदेखि एक महीने स्नानमेला शुरु भएको छ।

मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव

महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पदको गरिमालाई ध्यानमा राखेर बोल्न सुझाव दिएका छन्।

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ।

पर्यटक भित्र्याउने माध्यम बन्न सक्छ गढीमाई मेला

पर्यटन वर्ष सन् २०२० को लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्य भित्र पर्न सफल भएको बरियारपुर स्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्रियाउने ठुलो माध्यम बन्ने देखिएको छ।

गढिमाईको मेला नेपालको कुम्भः नेतृ देउवा

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले गढिमाईको मेला नेपालकोे कुम्भ भएको बताएकी छिन्।

राष्ट्रपतिद्वारा गढिमाई मेलाको शोभायात्रालाई टेलिफोनबाट सम्बोधन

मौसम खराबीका कारण कार्यक्रममा पुग्न नसकेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले गढिमाई पाँच बर्षीय मेलाको शोभा यात्रालाई  टेलिफोनबाट सम्बोधन गरेकी छिन्।

अमेरिकामा ‘मुक्तक मेला’

मुक्तक साहित्य प्रवद्र्धन गर्दै आएको मुक्तक प्रतिष्ठान, नेपालले अमेरिकामा आफ्नो शाखा विस्तारसँगै ‘मुक्तक मेला’ कार्यक्रम गरेको छ। न्यूयोर्कमा हालै आयोजित कार्यक्रममा दुई दर्जन स्रष्टाले मुक्तक वाचन गरेका थिए।

बर्सेनी बर माग्न हजारौं भक्तजन आउँछन् – बडिकेदार मेलामा

नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा। कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास। नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग। राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल। भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर हो डोटीको ‘बडिकेदार’।

वल्र्ड ट्रेड सेन्टरमा तीज मेला

महिलाहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गरेर काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा पाँचदिने तीज मेला सुरु भएको छ। भदौ १० गते मंगलबार सुरु भएको १२औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सकी महिला अध्यक्ष उर्मिला श्रेष्ठले गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्