११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

गढीमाई मेला सुरु, मेला हेर्ने श्रद्धालुको चाप बढदै

गढीमाईको मेलामा आएका श्रद्धालुहरु गढीमाईको मन्दिरमा पुजापाठ गर्दै । तस्बिरः नागरिक

बारा– बलिका लागि प्रसिद्ध महागढीमाई नगरपालिकको १ बरियारपुरमा रहेको गढीमाई मेला आइतबारदेखि सुरु विधिवत शुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक  लाग्ने मेलामा लाखौं श्रद्धालुहरु आउने गरेका इतिहास छ।

यो वर्षको मेलालाई व्यवस्थित गर्न ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति समेत गठन गरिएको गढीमाई पञ्चवर्षिय मेला मुल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले बताएका छन्।

एक महिलासम्म लाग्ने मेलामा मंसिर १७ गते राँगा बलि र १८ गते बोका बलि दिने कार्यक्रम रहेको गढिमाई मन्दिरका पुजारी मंगल चौधरीले बताए। लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन गर्न मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ।

मेला सुरु भएपछि श्रद्धालुहरुको संख्या बढ्दै जाने गरेको र श्रद्धालुहरुको सेवा सुविधाको लागि मेला क्षेत्रमा पाँच सय शौचालय र एक सय ५० भन्दा बढी चापाकलको व्यवस्था गरिएको महागढीमाई नगरपालिकको प्रमुख उपेन्द्र यादवले बताएका छन्।

एक महिने मेलामा ७० लाखभन्दा बढी श्रद्धालुहरुले मन्दिरको दर्शन गर्ने र श्रद्धालुहरुलाई रातीको बासको निशुल्क टेण्टको व्यवस्थाको गरिएको यादवले दाबी गरे। निशुल्क सेवा दिन उदेश्यले निर्माण गरिएको टेण्टमा एक पटकमा ८० हजारदेखि एक लाख श्रद्धालुहरु बस्ने सकिने यादवले बताए।

मेला हेर्न आउने श्रद्धालुहरुको लागि विभिन्न खाले मनोरन्जनको समेत व्यवस्था गर्न लागिएको प्रमुख यादवले बताए। गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विशेष रणनीतिसमेत बनाएको बाराका प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणी पोखरेलले बताएका छन्।

मेलामा भक्तालुको भीड बढ्दै गएपछि आवश्यकता अनुसार एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको उनले जनाए। मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र मेलालाई शान्तिपुर्ण सम्पन्न गर्नको लागि विभिन्न स्थानहरुमा सिसिटिभी क्यामरासमेत जडान गरिने योजना रहेको प्रजिय पोखरेलले बताए। मेला अवधिभर उक्त क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरेको प्रजिअ पोखेरलले बताए।

प्रकाशित: १ मंसिर २०७६ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App