११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

दनुवार समुदायको बड्की मेला सुरु (फोटोफिचर)

डकाहामा सुरु भएको बड्की मेलामा उपस्थित अतिथि तथा दनुवार समुदाय ।

सिन्धुली- यहाँको दनुवार समुदायको मुख्य पर्व बड्की एकादशी सुरु भएको छ।  सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको आदिवासी दुनुवार समुदायको मुख्य पर्व बड्की एकादशी पर्व बिहिबारदेखि सुरु भएको हो।

दनुवार समुदायले तीन दिनसम्म बड्की पर्व मनाउदै आएका छन्। अति सिमान्तकृत दनुवार जातीको मौलिक कला, संस्कृती र संस्कारको संरक्षण र संवद्र्धनका लागि भन्दै दुधौली नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक विदासमेत दिएको छ। कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्वलाई दनुवार जातिले भने आफ्नो संस्कृति अनुसार बड्की पर्वको रुपमा मनाउँदै आएको दनुवार अगुवा बताउँछन्।

निराधार ब्रतबसी जातिय संस्कृती अनुसार बड्की नृत्य देखाई हरिबोधिनी एकादशीको भोलिपल्ट बिहान कमला नदीमा पुजाआरधना गरेपछि बड्की पर्व सकिने दनुवार दुधौली नगरपालिकाकी उपमेयर तथा दनुवार समाजकी अगुवा बालकुमारी अधिकारी दनुवारले बताइन्। ठुली एकादशीको अघिल्लो दिनबाट सुरू हुने उक्त पर्व ठुली एकादशीको भोलीपल्ट बिहान सबै दनुवार समुदाय भोकै बसेर पुजाआजा गरी कमला नदीमा पाँच वटा अमला टोकेर बगाएपछि सकिने उनले बताइन्। पर्वमा विशेष गरेर दनुवार समुदायका अविवाहित महिलाहरूले तीन दिनसम्म निराहार व्रत बसी आफु, परिवार र सुयोग्य वर प्राप्ती तथा सुख र शान्तीको कामना गर्ने गरेका छन्। ‘अन्य जातिमा दशैं, तिहार, छठ तथा होली जस्तै हाम्रो समुदायमा बड्की एकादशी सबैभन्दा ठुलो पर्व हो दनुवार जागरण समितिका अध्यक्ष नारायण अधिकारी दनुवारले भने।

प्रकाशित: २१ कार्तिक २०७६ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App