२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्यटन प्रवर्द्धन गर्न खाम्लालुङमा हाेमेस्टे

तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा खोरङदेन सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ। पर्यटकीय दृष्टीकोेणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमुनास्थलको रुपमा चिनाउन जिल्लामै पहिलो पटक होमस्टेको सुरुवात गरिएको हो।

स्थानीयलाई होमस्टे तालिम

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई लक्षित गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई तालिम दिइएको हो।

हलेसीका स्थानीयलाई होमस्टे तालिम

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एबं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई आवश्यक तालिम दिइएको हो।

सिद्धगुफा मुन्तिर

माघ महिनाको एक दिन लमजुङबाट काठमाडौं फर्कने क्रममा हामीले होमस्टेमा बस्ने सल्लाह ग-यौं। पृथ्वी राजमार्गसँग जोडिएको विमलनगर बजारको सामुदायिक होमस्टे रोज्यौं हामीले। राजमार्ग दायाँबायाँ दोहोरीलत्त घर। त्यहाँ दिदीबहिनीले सञ्चालन गरेको होमस्टेमा एक रात बस्यौं हामी।

गण्डकीका आत्मीय गाउँहरू

नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटनको अभ्यास गण्डकी प्रदेशबाटै सुरु भएको इतिहास छ। आत्मीय वातावरण पाइन्छ होमस्टेमा। बनावटी होइन, प्राकृतिक मुस्कान पाइन्छ। त्यहाँ बसेर तन र मनमा ऊर्जा बढाउन सकिन्छ।

गुडमर्निङ मिछुर्लुङ !

पर्यटनबाट समृद्धिको भर्‍याङ चढ्न सकिने देखेर गाउँगाउँमा होमस्टेको लहर चलेको छ। हाम्रा सबै गाउँ सुन्दर छन्। आत्मीय पनि। यति हुँदाहुँदै पनि पर्यटनको मुलबाटोमा सबै चम्किन सकेका छैनन्। किन त ? पूर्वाधारको कमीले कति गाउँमा मनग्गे पर्यटक पुग्न सकेका छैनन्। अनि गाउँ र सहरलाई जोड्ने मार्केटिङको पुल नहुनु नै प्रमुख समस्या देखिएको छ।

नयाँ होमस्टे

होमस्टे पर्यटनबाट लमजुङका घलेगाउँ, काउलेपानी र भुजुङ गाउँ चर्चित छन्। पछिल्लो समय लमजुङकै राइनासकोटमा सामुदायिक होमस्टे खुलेको छ। त्यहाँ ०७४ मंसिरबाट होमस्टे सुरु गरिएको हो। गुरुङ समुदायका ११ घरका ५६ बेडमा पाहुनालाई राखिन्छ।

पूर्वमा आत्मीय होमस्टे

घाम बादलभित्र लुक्ने तर्खरमा थियो। सिरसिर चिसो वतास चल्दै थियो। हामी कन्याम चियाबगान घुमिवरी सिद्धीखोलबाट करिब ९ किमि हिँडेर ३ बजेतिर पुग्यौं इलामको श्री अन्तुडाँडा (१,७०० मिटर)। चिटिक्क घर, सफा आँगन, आँगनभरि ढकमक्क फूल। पुग्ने वित्तिकै घरभेटी दिदीले खादा ओढाइदिनु भयो।

अाजै घुमाैंँ भीमढुंगा

जाडोमा न्यानो पहार ताप्न पाइन्छ भीमढुंगामा। हिँडेर जाने कि गुडेर, दुबै सुविधा छ। खान, बस्न र आराम गर्न होटल एवं होमस्टे पनि छँदैछन्। चिटिक्क घर। सफा आँगन। नजिकै करेसा बारी। बारीमा लहलह सागसब्जी। चारैतिर खुल्ला दृष्य। नागार्जुन डाँडाको फेदमा अबस्थित थाप्ले (१,८०० मिटर) सुन्दर छ।

प्रदेश सरकारको पहिलो प्राथमिकतामा ह्यात्रुङ झरना

संघीय सरकारले पर्यटकीय सूचीमा समेत नराखेको दक्षिण एसियाकै लामो ह्यात्रुङ झरनालाई प्रदेश नं. १ को सरकारले पहिलो प्राथमिकतामा राखेको छ। उक्त ह्यात्रुङ झरनाको स्थलगत अवलोकन गर्दै प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले त्यसकाे विकासका लागि प्रदेश सरकार लागी परेको बताए।

होमस्टे शैलीमा उठ्दैछ माझखण्ड

दक्षिण ललितपुरको माझखण्डस्थित रमेश बोम्जनको परिवारले तीन वर्ष एकनाले टहरोमै कटायो। नयाँ घर बनाउने सपना बुन्दाबुन्दै तीन वर्ष कठिनले बिताएका यो परिवार बल्ल घर बनाउन जुटेको छ। परिवारकै मिलिजुलीमा घर बनाउने आधा–आधि काम सकिएको छ। अहिले बन्दै गरेको उनको घरको शैली पुरानैे किसिमको छैन।

सुन्तलाबारी भित्र होमस्टेसहितको बस्ती

लटरम्म (झुप्पैझुप्पा) सुन्तला। जताततै सुन्तलै–सुन्तला। जता हेरे पनि पहेँलपुर। उठ्दा, बस्दा, सुत्दा पनि सुन्तला ठोकिन्छ। अद्भूत सुन्तला बगैचा। स्वर्गजस्तै सुन्तलाबारी, सुन्तलाघारी। बगैंचा (सुन्तलाबारी, सुन्तलाघारी) घुम्दा, डुल्दा र छिर्दा हामीले सुन्तलालाई होइन, सुन्तलाका दानाले हामीलाई पछ्याईरहेछ।

करबाकेलीमा होमस्टे तालिम

म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको टक’ प्रवद्र्धन एवं स्थानीयको क्षमता अभिवृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ।

करबाकेलीमा होमस्टे तालिम

म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ प्रवर्द्धन एवं स्थानीयको क्षमता अभिबृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ। म्याग्दी भ्रमण वर्ष २०७५को अबसरमा शुभारम्भ गरिएको ‘करबाकेली इको ट्रेक’का होमस्टे र होटल सञ्चालकसमेत गरी ४० जना तालिममा सहभागी भएका थिए।

नेचुरली नेपालः मलेसियामा नेपाल प्रवर्द्धन

वाउ नेचुरली नेपाल, सच अ ब्युटी अफ प्याराडाइज एण्ड डाइभसिर्टी,’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए संयुक्त अरब इमिरेट्सका कुमार सुबरमनिअम

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्