भ्याट छुटकाे रकम कटाएर किसानलार्इ भुक्तानी
जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानलाई सरकारद्वारा तोकिएको भन्दा प्रतिक्विन्टलमा ७० रुपैयाँ ६४ पैसा कमले भुक्तानी सुरु गरेको छ । उद्योगले सुरु गरेको भुक्तानी रकमले किसानबीच अन्यौलता बढाएको छ ।
जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानलाई सरकारद्वारा तोकिएको भन्दा प्रतिक्विन्टलमा ७० रुपैयाँ ६४ पैसा कमले भुक्तानी सुरु गरेको छ । उद्योगले सुरु गरेको भुक्तानी रकमले किसानबीच अन्यौलता बढाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ।
युनिभर्सल इलोक्ट्रोकमले लिडिङ ब्रान्ड कलर्स टेलिभिजन खरिदमा २६ प्रतिशत छुट अफर ल्याएको छ । यस वर्षको विश्वकप फुटबल उत्सवलाई अझै एक्साइटिङ बनाउन उक्त छुट अफर ल्याएको कम्पनीले जनाएको छ ।यो योजना सोमबारदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एन्ड रिर्सच सेन्टरबीच विभिन्न सेवा, सुविधामा छुट दिने विषयमा सम्झौता भएको छ। बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा सेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको जनाएको छ।
कञ्चनपुर बेलौरी नगरपालिका ६ रिचाहका उग्रसेन राना २२ वर्षकै उमेरमा हातहतियार खरखजाना र चोरी मुद्दामा जेल परे। उनी ४ बर्षको जेल सजाय कटाएर २०७१ सालमा रिहा भए। सजाय भुक्तान गरेपछि पनि उनमा सुधार आएन। उनी सञ्जाल नै बनाएर आपराधिक गतिविधिमा सक्रिय भए।
लामोसाँघु-जिरी सडक खण्ड कालोपत्रे तथा स्त्तरोन्नतिमा ढिलाई गरेको आरोपमा पक्राउ परेका निर्माण व्यवसायी धर्मराज भण्डारी कामलाई तीव्रता दिने चार बुँदे लिखित प्रतिवद्धतापछि छुटेका छन्।
तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी उनी पार्टी एकीकरणपछि कांग्रेसको उम्मेदवार सूचीमा अटाइनन् ।
बलिउड अभिनेता सलमान खान १० वर्षपछि टेलिभिजन शो ‘दश का दम’ लिएर आएका छन्। सोमबार राति शो को लञ्च गर्दै सलमानले आफ्नो अनुभव शेयर गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट एकैदिन १५ कैदी बन्दी छुटेका छन्।
कर्णाली प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा छुट्याइएको बजेट उपलब्ध गराउन माग गरेका छन्। उनीहरुले बजेट पारित भएको एक महिना वित्दा पनि कार्यान्वयन हुन नसकेको भन्दै आ–आफ्नो क्षेत्रको बजेट सांसदहरुलाई दिन माग गरे।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।
ललितपुर–महालक्ष्मी नगरपालिका–८ का स्थानीयले वडा छुट्याउन माग राखेका छन् । नगरपालिकाको दक्षिणी क्षेत्रका वासिन्दाले भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा आफूहरुलाई मर्का परेको भन्दै आइतबार ज्ञापनपत्रसहित यस्तो माग राखेका हुन्।
महालक्ष्मी नगरपालिका–८ अन्तर्गत दक्षिणी क्षेत्रका स्थानीयले वडा छुट्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। आइतबार नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई भेटी तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको वडा छुट्याउने पहल गर्न गठित कमिटीका तर्फबाट संयोजक विवेककुमार कार्कीले बताए।
एक यात्रुले ट्याक्सीमा ७ लाख ५५ हजार रूपैयाँ छुटाएपछि त्यो फिर्ता नगरी फरार भएका ट्याक्सी चालक अशोक थापालाई प्रहरीले पक्राउ गरेको छ। बल्खुबाट नम्बर थाहा नभएको ट्याक्सीमा कमलादीसम्म जाने क्रममा बारा जितपुरका नारायणप्रसाद पाठकले ७ लाख ५५ हजार रकम छुटाएका थिए।
छाती दुख्छ, वाकवाकी लाग्छ, स्वाँस्वाँ हुन्छ, डर लाग्छ भने तपाइ मुटुरोग लाग्यो भनेर आत्तिन सक्नु हुन्छ अथवा ग्याष्ट्रिक मात्रै हो भनी वेवास्ता गर्न सक्नुहुन्छ। सामान्यतया ग्यास्ट्रिक र मुटु रोगका लक्षणहरु उस्तै हुने हुनाले अलमलमा पर्न सक्नुहुन्छ। तर केही लक्षणहरुका आधारमा भने मुटु रोग र ग्यास्ट्रिकलाई आफैँले छुट्याउन सकिन्छ।