१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भारतीय नागरिक छुटाउन प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

पर्साको जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवाको हिरासतमा रहेका अपहरणका आरोपी भारतीय नागरिक छुटाउन आएका स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् ।

सिण्डिकेट हटाउने शर्तमा छुटे यातायात व्यवसायी

यातायात क्षेत्रमा देखिएको सिन्डिकेट तोड्नका लागि सरकारले चालेको कदम बिरुद्ध उत्रिएका खोटाङका पाँच यातायात व्यवसायी रिहा भएका छन्।

द्रुतमार्गको निर्माण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई/मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ।

घान्द्रुकमा आन्तरिक पाहुनालाई छुट

अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकले आन्तरिक पाहुनालाई लक्षित गर्दै विशेष छुटसहितको प्याकेज ल्याएको छ।

भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब छुट हुँदैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास र समृद्धिका लागि भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब कुनै छुट नदिने बताएका छन्। भ्रष्टाचार, अपराध र सिण्डिकेटले विकासमा गम्भीर बाधा पु¥याएको भन्दै उनले सरकारले त्यस्ता कार्यलाई समाप्त पार्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए।

विदेशिने युवा रोक्न एउटा गाउँलाई १ करोड बजेट छुट्टाउन दाहालको आग्रह (भिडियो)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली युवा विदेशिने परिस्थिती अन्त्यका लागि सरकारसँग बजेट माग गरेका छन्।

छुटपूर्जीबिना भारतीय नम्बर प्लेटका गाडी सञ्चालन

छुटपूर्जी काट्ने व्यवस्था नहँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रुपमा चल्ने गरेको पाइएको छ।

मार्क्स र लेनिनको तस्बिर छुटेपछि एमाले-माओवादी संयुक्त कार्यक्रममा विवाद

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा मनाउन लागेको नेकपा स्थापना दिवशको व्यानरमा विवाद भएको छ।

रिद्धि सिद्धिको विशेष छुट

रिद्धिसिद्धि ज्वेलर्स प्रालिले विशेष छुट योजना ल्याएको छ । उसले विशाल बजारमा विगत १० वर्षदेखिे ‘अक्षय तृतीया विशेष छुट’ कार्यक्रम चलाउँदै आएको छ।सुनको गहनाको ज्यालामा ३५ प्रतिशत र हिराको गहनाकोमा ३० प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ।

अपराधीलाई कुनै पनि हालतमा छुट हुँदैन : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन्।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा नौ जना घाइते भएका छन्।

नीति विपरीत छुट दिइएकामा महालेखाको आपत्ति

महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ।  सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत प्राप्त विवरणका आधारमा विभिन्न संस्थालाई वस्तु तथा सेवा पैठारी प्रयोजनमा रु ५३ अर्ब सात करोड ६५ लाख राजश्व छुट दिएको देखिएको जनाएको छ।

छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका

राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख/जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन: फारम भर्न अन्तिम मौका दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्