१२ मंसिर २०८१ बुधबार
image/svg+xml

वन फँडानीका दोषी छुटाउन प्रदर्शन

आफ्नो गल्ती ढाकछोप गर्न बढैयाताल गाउँपालिका –३ स्थित मानझुण्डी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले गरेको प्रर्दशनबाट सेक्टर वन कार्यालय, मैनापोखर बुधबार तनावग्रस्त बन्यो।

११ लाख क्षतिपूर्ति तिरेर छुटे गिरी

प्रतिलिपी अधिकार हनन गरेको आरोपमा मंगलबार प्रहरी नियन्त्रणमा रहेका निर्माता सुवास गिरी ११ लाख क्षतिपूर्ति तिरेर प्रहरी हिरासतबाट छुटेका छन्।

छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको छुट्टाछुट्टै ठाउँमा बुधबार भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

लाप्राकमा भूकम्प पीडितलाई घर छुट्याईयो

-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधिन बस्तीका भूकम्प पीडितहरुलाई चिट्ठा मार्फत घर छुट्याई दिएको छ। एनआरएनएसँग एक वर्षअघि घर निर्माण सम्बन्धी सम्झौता गरेका भुकम्प पीडित परिवारलाई चिट्ठा मार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो।

चूडामणि दोस्रोपटक धरौटीमा छुटे

राजस्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा ४५ लाख रुपियाँ धरौटी तिरी साधारण तारेखमा छुटेका छन् । विशेष अदालतले शर्मालाई चार करोड बराबरको स्रोत नखुलेको अकुत सम्पत्ति मुद्दामा ४५ लाख रुपियाँ धरौटीमा छुट्ने आदेश दिएको हो।

‘विश्व नेतासँग ट्रम्पले भने, ‘ शुल्कमा छुट हुन्न’

स्टील र आल्मुनियम निर्यातमा कर शुल्क (ट्यारिफ) बढाउने आफ्नो योजनाका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरुसँग कुराकानी गरेका छन्।

नेपाल जिम्बाब्वेसँग भिड्दै, गल्ती गर्ने छुट छैन

आइसिसी विश्वकप छनोटमा नेपालले आइतबार (आज) बाट घरेलु टोली जिम्बाब्वेविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । पहिलो खेलमै टेस्ट टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्नुपर्ने भएकाले नेपाललाई आइतबार कुनै गल्ती गर्ने छुट हुनेछैन।

सांग्रिला बैंकका ग्राहकले एपोल अस्पतालमा छुट पाउने

साँग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। मंगलबार अस्पतालका प्रवन्ध निर्देशक अशोक बाजपाई र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

छुट्टा छुट्टै दुर्घटनामा चारको मृत्यु

अछामको रामारोसन गाउँपालिका वडा नम्बर ३ मुजा बगरमा आइतबार (आज) ट्र्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ।

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  जिल्लाको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिजी मलमा छुट

गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६ दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । भ्यालेन्टाइन डेको अवसरमा ग्राहकले आकर्षक अफर समेत पाउने छन् ।

छुटाछुटै घटनामा महोत्तरीमा तीनको मृत्यु

छुटाछुटै घटनामा महोत्तरीमा शनिबार तीनको जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका १ स्थित रामनगर स्थित चिनी मिलमा उखु लिएर आएको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टर चालक सर्लाही चन्द्र नगर २ बस्ने २५ वर्षका पुनित महतोको मृत्यु भएको छ ।

‘बाँदरलाई पैसा छुट्टाइयो, क्षति गर्न छाडेन’

‘हैन बाँदर नियन्त्रणका लागि पैसा छुट्टाईएको छ, नियन्त्रणको काम कसरी हुन्छ सरकार ?’ बगनाशकाली गाउँपालिका–९, चापपानीका भोजराज भट्टराईले स्थानीय गाउँ सरकारलाई प्रश्न गर्दै थिए। उनले बगनाशकाली गाउँपालिकाको सार्वजनिक सुनुवाईमा राखेको प्रश्न हो यो।

हेटौंडामा ५० सांसदले लिए ४० प्रतिशत छुटको सुविधा

हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुट दिने भएका छन्। मकवानपुर होटल एशोसिएसनले खाना र बासमा र नारायणी यातायात ब्यवसायी संघले यातायातमा सुविधा दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्