१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर र रत्नबहादुर चोरी आरोपमा पक्राउ

भक्तपुर सुर्यबिनायक नगरपालिका–८ मा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। गणेश चोक डेरा गरी बस्ने राम बहादुर तामाङको कोठाबाट माघ १० गते पेस्तोल खुकुरी देखाई लुटपाट गर्ने मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

साउदीका अर्बपति राजकुमार धरौटीमा छुटे

भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

छुट्टाछुटै घटनामा दुईको मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा २ वटा मोटरसाइकल एक आपसमा ठोकिदाँ बुधबार एक जनाको मृत्यु भएको छ।

‘देउता’ बन्दा छुट्छ पढाइ

भक्तपुरमा ऐतिहासिक नवदुर्गा गणको नाचमा पौराणिक देवताको भेषमा सजिएर नाच्नुपर्दा बालकहरूको पढाइ छुट्ने गरेको छ। मल्लकालदेखि चल्दै आएको यो नाचमा बालकहरूलाई पौराणिक देवताको भेषमा सजाएर नचाइन्छ । हरेक वर्ष तीन बालकहरू यो नाचमा सहभागी हुँदै आएका छन् । वर्षमा झन्डै आठ महिनासम्म निरन्तर नाचमा सहभागी हुनुपर्दा पढाइमा समस्या हुने गरेको नाचमा सहभागी बालकहरू बताउँछन्।

मुआब्जा वितरणलाई छुट्ट्याइएको रकम खर्च हुन सकेन

मालपोत, नापी र आयोजनाबीच समन्वय हुन नसक्दा बूढीगण्डकी आयोजनाबाट प्रभावितले मुआब्जा पाउन सकेका छैनन् । सरकारले चालु आर्थिक वर्षका लागि छुट्ट्याएको बजेट समेत खर्च हुन सकेको छैन । आयोजना प्रभावितलाई मुआब्जा वितरणका लागि सरकारले चालु अर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याएको थियो । तर, चालु आर्थिक वर्षको ६ महिना सकिइसक्दा पनि आयोजनाले उक्त रकम खर्च गर्न सकेको छैन।

छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ।

छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु

नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ।  तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो। हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

साउदी जेलका भुसाल छुटाउन ४६ लाख जुट्यो

रोजगारीको क्रममा रहेको बेला साउदी अरेबियाको जेलमा परेका नवलपरासी, मध्यबिन्दु–४ का स्थानेश्वर भुसाललाई उद्धार गर्न ४६ लाख रुपैयाँ संलकन भएको छ ।  रोजगारीका लागि सात वर्षअघि साउदी पुगेका भुसाल कुनै गल्तीबिना नै साउदीको जेलमा बस्न बाध्य पारिएका थिए । परिवारले दिएको जानकारी अनुसार साउदीमा भुसालले गाडी चलाउँथे । गाडी चलाइहेका बेला पछिल्लतिरबाट आइरहेको ट्रकले ठक्कर दिँदा भुसालको चलाइरहेको गाडी उछिट्टिएर अघि पुग्दै सडकमा हिँडिरहेको कारलाई ठक्कर दिएको थियो । सोही ठक्करले कारमा यात्रा गरिरहेका साउदी नागरिकको निधन भएको थियो ।

छुट्टीमा भाडाको साइकल सरर

उनी यतिखेर त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा मुटुका बिरामीहरुको उपचारमा तल्लिन भेटिन्छन् । उनको मनमा एउटै कुरा हुन्छ, अस्पतालमा आएका बिरामीलाई जसरी हुन्छ सेवा दिनु । यो सोच पूरा गर्न उनी अस्पतालले खटाएको भन्दा बढी समय खटेर भए पनि आफ्ना बिरामीको उपचार गर्छन् । उनी हुन्, त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग सर्जन डा.भगवान कोइराला ।

छुट्टाछट्टै दुर्घटनामा दुईजनाको मृत्यु

काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात्रुबाहक बसले सोही बसबाट झर्दै गर्दा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए।

कीर्तिपुरमा छुटेकाहरु

चोटले नसताएको भए सुवास खकुरेल अहिले कीर्तिपुरको क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिगमा छाइरहेका हुन्थे । चितवन टाइगर्सका कप्तान सुवासलाई चोटले मैदान उत्रिने अनुमति दिएन । उनको ठाउँमा नेपाली युवा टोलीको नेतृत्व सम्हालिसकेका राष्ट्रिय खेलाडी पृथु बास्कोटालाई नेतृत्वको जिम्मा दियो ।

चुलोको धुवाँबाट छुटकारा

पुसको न्यानो घाम उनको घरमा झुल्किँदै गर्दा सुकमायाले बिहानको दैनिकी हतपत सकिन् । पहिलेजस्तो खाना पकाउन घन्टौँ लाग्दैन । दाउराबाट निस्कने धुवाँले आँखा रसाउँदै काम गर्नुपर्दैन । घामका किरण ढोकाबाट भित्र छिर्नैै लाग्दा सिन्धुलीकी सुकमाया कुसुवार घरबाहिर निस्किन्।

पाण्डे १० लाख धरौटीमा छुटे

मेनपावर व्यवसायीसँग १० लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे बिहीबार धरौटीमा छुटेका छन् । विशेष अदालतले पाण्डेलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आठ जना तारिखमा छुटेका छन् । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका १० मध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काखबाट छुटेर खोँचमा पुग्दा पनि बाँचे १० महिने बालक

आठजना यात्रुको ज्यान गएको बुधबारको चुम्लिङटार बस दुर्घटनामा एकजना १० महिने बालक भने संयोगले बाँचेका छन् । दुखको कुरा उनको आमाको अवस्था भने अज्ञात नै छ । बस सडकबाट लगभग डेढ सय मिटर तल खसेको थियो । ती शिशु नदी किनारमा रुँदै गरेका भेटिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्