सिजी ल्यान्डमार्कद्वारा चार महिनाको भाडा छुट
चितवनको भरपुरस्थित सिजी ल्यान्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ ।
चितवनको भरपुरस्थित सिजी ल्यान्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ ।
कोरोना कहरले नागरिकको दैनिक असज भएको बेला बुटवलमा घरभाडा मिनाहा र छुट दिएका ६० जनालाई सम्मान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई सम्मान गरिएको हो ।
व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन्।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक महिनाकोे घरभाडा छुट पाएको छ । दाङ शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कार्यालय रहेको घरधनी तोपेन्द्रहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् ।
यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा ३० लाख रुपैयाँ छुट गरेको छ। कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो।
खोटाङका होटल व्यवसायीले लकडाउन अवधिको विभिन्न किसिमको कर छुटको माग गरेको छ ।
देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कम हो ।
धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ। नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो।
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)ले कोरोना भाईरस (कोभिड–१९) को कहर खेप्न बाध्य उपभोक्तालाई वैशाख महिनाको महसुल छुट दिने निर्णय गरेको छ । सदरमुकाममा खानेपानी सेवा दिँदै आएको संस्थाले लकडाउन अवधिमा उपभोक्तालाई परेको मारमा सहयोग पुगोस् भन्ने उदेश्यले वैशाखको महसुल नलिने निर्णय गरेको हो ।
सुनसरी जिल्लाका पत्रकारहरूको नोबेल अस्पताल विराटनगरले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।
हिमाली जिल्ला डोल्पामा पहिलो पटक सबै प्रकारका जडिबुटीको सकलन र छुटपूर्जिमा रोक लगाइएको छ । विगतका वर्षहरुमा सर्वसाधारणले संकलन र वित्रिल वितरण गर्दै आएका महत्वपुर्ण जडिबुटीहरुको संकलनमा २० वर्षपछि पहिलो पटक रोक लगाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बचाउन मानिसहरुको जमघट नहोस भनेर पूर्वसर्तकता अनुरुप रोक लगाइएको डिविजन वन कार्यालय डोल्पाले जनाएको छ ।
एनआइसी एसिया बैंकले कर्जा ग्राहकलाई ब्याज रकममा छुट दिने योजना सार्वजनिक गरेको छ ।
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर छुटमा खरिद गर्न सक्ने भएका छन् ।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका मनकारी घरधनीहरुले आफ्नो घरमा भाडाबस्दै आएका मानिसहरुलाई लकडाउन अवधीभरको घरभाडामा छुट दिने निर्णय गरेका छन्। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश पुर्ण लडकाउनमा रहेको र घरमा बस्ने मानिसहरुलाई दैनिकी गुजार्न समस्या परिरहेको बताउदै मानवीय सद्भाव जगाउनको लागि लकडाउन अवधीभर एक महिनाको घरभाडा छुट दिने बताएका हुन्।
रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले चैत महिनाको महसुल नलिने घोषणा गरेको छ। समितिका अनुसार कोरोना महामारी संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेको अवस्थामा उपभोक्ताको सहुलियतका लागि यस्तो निर्णय गरिएको हो।